ताजा समाचार

स्यार्तुङ रातामाटा टोल विकास संस्थाको अध्यक्षमा कुलदीप आचार्य ।



सुजन बिश्वकर्मा भावुक

पोखरा असोज ४ शनिबार : पोखरा महानगरपालिका २१ का वडा अध्यक्ष खगराज आचार्यको प्रमुख अतिथ्यतामा ” स्यार्तुङ रातामाटा टोल विकास संस्था”को तेस्रो वार्षिक सभा सम्पन्न भएको छ ।

साधारण सभाले बिगत केही समय देखि कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्दै आएका कुलदीप आचार्यलाई पुर्णरुपमा अध्यक्ष पदको लागि सर्वसम्मत पारित गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको विशिष्ट अतिथ्यता साथै छिमेकी टोल विकास संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको अतिथ्यता रहेको उक्त कार्यक्रम स्यार्तुङ रातामाटा टोल विकास संस्थाका सह-सचीव पवित्र मणि भण्डारीले सञ्चालन गरेका थिए ।

सभामा संस्थाका अध्यक्ष कुलदीप आचार्यले अध्यक्ष प्रतिवेदनमा आजसम्म भएका गतिविधि र भावी योजना सभा सामु प्रस्तुत गरेका थिए भने संस्थाकी कोषाध्यक्ष गोमा गौतमले आर्थिक वर्ष ७५/७६ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन त्यस्तै प्रमुख अतिथि खगराज आचार्यले टोल विकासको निमित्त हरेक सकारात्मक कामको लागि स्थानीय निकाय बाट हुने सहयोग सदैव प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा संस्थाको स्थापना समय देखि आजसम्म विभिन्न क्षेत्रबाट आर्थिक सहयोग गर्दै आएका संघ संस्था तथा व्यक्तिहरु , टोल भित्र रहेका ७० वर्ष नाघेका ज्येष्ठ नागररीकहरु साथै डा. उपाधी हासिल गरेका उदाहरणीय व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • दसैँको टीकाको साइत सार्वजनिक हेर्नुहोस्
  • मुस्कानका पिताको माग : ए’सि’ड हान्नेलाई झु’ण्ड्या’इयोस्
  • गाडी भाडाभन्दा पनि सस्तो हवाई भाडा, अब कहाँ जान कति खर्च लाग्छ ?
  • भर्खरै आयो अत्यन्तै दु*खद खबर ,दुई दिनदेखि हराइरहेकी ६ वर्षिया बालिका स्मृती मृ*तावस्थामा भेटिइन्
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी