ताजा समाचार

मनु शर्माको “कस्तो ठाउँमा” सार्वजनिक-भिडियो सहित ।



सुजन विश्वकर्मा भावुक

दिनप्रतिदिन विभिन्न बिसयमा आधारित रहेर हरेक विधाका गीतहरु डिजिटल बजारमा आउने क्रम तिव्र गतिमा बढिरहेको छ ।

पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गीतले सांगीतिक बजारलाई तताएको परिवेशमा कस्तो प्रस्तुति दिएर आफुलाई स्थापित गर्ने वा आफ्नो स्थान यथावत राख्ने भनेर सर्जकहरुलाई थप चुनौती थपिदैँ गएको देखिन्छ ।

यस्तै भागदौड चलिरहँदा बिगत लामो समय देखि साहित्यमा कलम चलाउदै आउनु भएकी सर्जक मनु शर्माको मार्मिक शब्द सृजना तथा उहाकै प्रस्तुतिमा “कस्तो ठाउँमा” बोलको आधुनिक गीत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

सुनिल गायकको मर्मस्पर्शी लय तथा सहिल गायकको एरेन्ज रहेको गीतमा गायिका सजना बास्तोलाको सुमधुर स्वर रहेको छ भने गीतलाई नमस्ते रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।

गणेश सापकोटाले छायांकन गरेको म्युजिक भिडियोमा मनु शर्मा , सुर्य ढकाल , प्रवेश सुवेदी र राजवी सुवेदीको उत्कृष्ट अभिनय रहेको छ भने म्युजिक भिडियोलाई नेत्र गुरुङले निर्देशन तथा सम्पादन गरेका छन साथै भिडियोलाई हाइलाइट्स नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • बिष्णु माझी र युनिक भोजराज बिकको गुलाबको फुल छोटो समयमै भाइरल बिष्णु माझी र युनिक भोजराज बिकको गुलाबको फुल छोटो समयमै भाइरल
  • बिनोध पौडेलको ” जुन घामलाई सोध” सम्झना भन्डारिको आवाजमा (भिडियो)
  • गायिका मुना थापा मगरको आवाजमा लोक गीत “मेरो छोरा” युटुव च्यानलमा सार्वजनिक (भिडियो)
  • चर्चित गितकार सन्तोष के सि को दसैं गित “गाउँको खबर” बजारमा (भिडियो)
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी