ताजा समाचार

गैरआवासीय नेपाली संघ मलेसिया जोहोर क्षेत्रीय साखा कार्यालय उद्घाटन कार्यक्रम हुने।



तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

गैरआवासीय नेपाली संघ मलेसिया (NRNA) मलेसियाको क्षेत्रीय  साखा जोहोरबारु समिति मलेसियाले सम्पर्क कार्यालयको उद्घाटन गर्ने भएको छ।

मलेसियाको जोहोरबारु क्षेत्रमा कार्यरत हजारौं नेपाली श्रमिकहरुका समस्या लाई मध्यनजर गर्दै श्रमिक मैत्री क्षेत्रीय साखाकोरुपमा श्रमिक हरु माझ जाने उदेश्यले आफुहरुलाइ सम्पर्क कार्यालयको अवस्यक महसुस हुदा कार्यलय स्थपना गर्न लागिएको क्षेत्रीय साखा जोहोरका सचीव आर्जन सिंह अनुरागी लेबताए।

गैरआवासिय नेपाली संघ मलेसिया जोहोरबारु क्षेत्रीय साखा का अध्यक्ष मिम गुरुङ को अध्यक्षता मा सम्पन्न हुने कार्यक्रम मा कार्यालय उद्गघाटन का साथै भर्खरै सम्पन्न छैटौं अधिवेशन बाट निर्वाचित टिम लाई कार्यकाल सफलताको शुभकामना सगै सम्मान गरिने कार्यक्रम तय भएको छ ।

सम्पर्क कार्यालय स्थापना कार्यक्रम एहि आउदो सेप्टेम्बर २२ आइतबार का दिन हुने भएको छ। क्षेत्रीय साखा जोहोरका पदादिकारी सबै मिलेर गत साता मात्रै लार्केन जोहोरमा लिज मा लिएको सम्पर्क कार्यालय सर्सफाइ तथा रङ्ग रोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • जनप्रगतिशिल मोर्चा मलेसियाका केन्द्रीय सदस्य दिलिप द्वारा मोर्चा बाट राजीनामा ।
  • प्रबासी हातेमालो कल्याणकारी समाज मलेसियाले मृत बिकका परिवार लाई सहयोग गर्ने।
  • जापानमा विश्वको सबैभन्दा ठूलो बुद्धको मुर्ति बनाउँदै नेपाली मुर्तिकारहरु
  • तलब नपाएको झोकमा मलेसियामा नेपाली गार्डले गरे सुपरभाइजरको ह’त्या
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी