ताजा समाचार

प्रबासी हातेमालो कल्याणकारी समाज मलेसियाले मृत बिकका परिवार लाई सहयोग गर्ने।



तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

अबैधानिक हैसियतमा मलेसिया को सेलाङ्गर स्टेटको वस्पोट स्थित एक नेपाली होटल मा खाना बनाउने काम गर्दै आउनुभएका जाजरकोट भेरी नगरपालिका १२ का हिरा बहादुर बि०क का परिवारलाई प्रबासी हातेमालो कल्याणकारी समाज मलेसियाले आर्थिक सहाएता गर्ने भएको छ।

हृदय घात रोगका कारण गत जुलाइ २९ तारीख मृत्यु भएका हिरा बहादुर बिक को परिवार लाई प्रबासी हातेमालो कल्याणकारी सेवा समाज मलेसियाले आर्थिक सहायता गर्ने भएकोछ।

अत्यन्तै न्यून आयआस्था परिवारको रहेको र परिवारमा एक बुडा बाबा र छोरी मात्रै रहेको परिवार लाई केही हद सम्म रहात मिलोस भन्ने उदेश्यले आर्थिक सहयोग संकल्न गरि पठाउने भएको प्रबासी हातेमालो कल्याणकारी समाज मलेसियाका अध्यक्ष पुरुस्वत्तम कार्की ढोलि ले जानकारी दिनुभयो।

मृतक हिरा बहादुर बिक को सव फिर्ता गराउन समेत सम्मन्यकारी भुमिका खेलेको कल्याणकारी समाज ले मृतक को पारिवारिक आयाअस्था निक्कै नाजुग देखेपछी सहयोग गर्ने दृढ चाहाना र संकल्प गरेको थियो ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • गैरआवासीय नेपाली संघ मलेसिया जोहोर क्षेत्रीय साखा कार्यालय उद्घाटन कार्यक्रम हुने।
  • जनप्रगतिशिल मोर्चा मलेसियाका केन्द्रीय सदस्य दिलिप द्वारा मोर्चा बाट राजीनामा ।
  • जापानमा विश्वको सबैभन्दा ठूलो बुद्धको मुर्ति बनाउँदै नेपाली मुर्तिकारहरु
  • तलब नपाएको झोकमा मलेसियामा नेपाली गार्डले गरे सुपरभाइजरको ह’त्या
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी