ताजा समाचार

मुस्कानका पिताको माग : ए’सि’ड हान्नेलाई झु’ण्ड्या’इयोस्



काठमाडौं । वीरगञ्ज निवासी मुस्कान खातूनका आमाछोरी अरु दिनजस्तै शुक्रबार पनि एकाबिहानै उठे । नित्यकर्म सकेर दुबैले सँगै नमाज पढे ।

अरुबेला छोरीलाई स्कुल पुर्‍याउन सहनाज आफैं जाने गर्थिन् । शुक्रबार उनलाई सञ्चो भएन । छोरीलाई एक्लै स्कुल जान भनिन् । मुस्कान एक्लै जान मानिनन्, भाइलाई लिएर गइन् ।

सञ्चो नभएकाले सहनाज ओछ्यानमा पल्टिएकी थिइन् । बुबा रसुल अन्सारी कामको थकानले बिहान अलि ढिलो उठ्ने गर्छन् ।

आल्मुनियमको झ्यालढोका बनाउने व्यवसाय गर्दै आएका रसुल ओछ्यानमै रहेका बेला मोबाइलमा घन्टी बज्यो । मुस्कानलाई ए’सि’ड प्र’हा’र भयो भन्ने खबरले उनी अक्क न बक्क भए । आमा सहनाजले फोनको वार्तालापबाटै छोरीमाथि वि’प’त्ति आइलागेको थाहा पाइन् । बिसञ्चो शरीर लिएर सहनाज खाली खुट्टै भ’क्का’निँदै नारायणी अस्पतालमा पुगिन् । रसुल एउटा हातको पाखुरामा सर्ट घुसारेर अस्पताल पुगे । अस्पतालमा छोरीको हालत देखेर दुबै बे’हो’स भए ।

बेटी पढाउन भन्दा ब’चा’उन गा’ह्रो

६ महिना जति भयो होला, स्कुल आउजाउ गर्दा गणेशमानचोकमा वीरगञ्ज, छप्कैयाका १६ वषर्ीय माजिद आलम नाम गरेका केटाले जि’स्क्या’उने गरेको गुनासो मुस्कानले आमासमक्ष गरेकी थिइन् । सहनाजले श्रीमानलाई यो कुरा सुनाएकी थिइन् ।

स्कुल आउजाउमा स’म’स्या भएको छोरीको गुनासोपछि रसुलले आलमलाई भेटेर सम्झाएका रहेछन् । सम्झाउने क्रममा रसुलले आलमलाई एक लबटो पनि हानेका रहेछन् ।
दुई दिनअघि मात्र रसुलले छोरीसँग यसबारे सोधेका थिए । मुस्कानले स’म’स्या नभएको बताएकी थिइन् । तर त्यसको दुई दिनपछि तिनै व्यक्तिको योजनामा वीरगञ्ज-२ छप्कैया बस्ने १६ वर्षीय सम्साद मियाँले ए’सि’ड प्रहार गरेको पी’डि’त परिवारको भनाइ छ ।

छोरी स्कुल हिँडेको १० मिनेटपछि मुस्कानमाथि ए’सि’ड प्र’हा’र भयो । मुस्कानका पछिपछि भाइ थिए ।

रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत मुस्कान शुक्रबार बिहान करिव ६ बजेतिर गणेशमान चोक जाने गल्लीमा पुगेपछि सैलुनमा बसेका एकजना केटाले यता हेर त भने । त्यता नहेरी मुस्कान हिँडिरहिन् ।

तर एक्कासी ती किशोरले जगबाट ए’सि’ड हृवात्तै फाले । मुस्कानले दुबै हातले झोला समाएर अनुहार छेक्ने प्रयास गरिन् । तर, ए’सि’ड उनको दाहिने पट्टकिो अनुहारको भागमा पर्‍यो । ए’सि’डले उनका दुबै हात, छाती र अनुहारको दाहिने भागमा पोल्यो । ए’सि’डको ज’लनले मुस्कान छ’ट्प’टाई रहँदा उनीहरुसँगै पढ्न आउने साथीले उ’द्धा’र गरेर तत्कालै नारायणी अस्पताल पुर्‍याए ।

ए’सि’ड फाल्ने बेलामा देखेको अनुहार नौसाद भन्ने उनले ठम्याएकी थिइन् ।

ए’सि’ड प्र’हा’र गर्ने कार्यमा संलग्न दुबै जनालाई प्रहरीले प’क्रा’उ गरिसकेको छन् । ए’सि’ड छ्याप्ने वीरगञ्ज-२ छप्कैयाका १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पहिला प’क्रा’उ गर्‍यो । केही समयपछि ए’सि’ड प्र’हा’रका यो’जनाकार रहेका सोही ठाउँका १६ वर्षीय माजिद आलमलाई पनि प्रहरीले प’क्रा’उ गर्‍यो ।

दुबैलाई नि’यन्त्र’णमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । प्रेम प्रस्ताव स्वीकार नगरेका कारण मुस्कानमाथि ए’सि’ड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी शर्माले बताए ।

मुस्कान छर्ने छोरीका आँखाभरि आँशु

रसुल र सहनाजकी माइली छोरी हुन् मुस्कान । १७ वर्षकी जेठी छोरीको विवाह भइसकेको छ । १४ वर्षीया माइली छोरी मुस्कान नै आमा-बुबाको अनुहारमा मुस्कान ल्याउने छोरी थिइन् ।

मुस्कान मुनिका १२ वर्ष र ८ वर्षका दुई छोरा र ५ वर्षकी एक छोरी छन् । आमा र बुबाको दुः’खलाई राम्रो सँग बुझेकी मुस्कानको पढाइ पनि राम्रो थियो । पढाइ राम्रै भएका कारण रसुल र सहनाजले मुस्कानलाई धेरै पढाउने सपना देखेका छन् ।

मुस्कानले पनि १२ कक्षा पास गरेपछि जागिर खाएर बुबाको आर्थिक भार कम गर्ने कुरा आमाबुबालाई सुनाउने गर्थिन् । परिवारमै मुस्कान छर्ने छोरीका आँखाभरि आँशु पिलपिल भइरहँदा रसुल र सहनाजको मन विक्षिप्त बनेको छ ।

शनिबार बिहान छोरीलाई बाथरुम लिएर जाँदाको नरमाइलो क्षण सुनाउँदै सहनाजले भनिन्, ‘बाथरुममा ऐना रहेछ, छोरीले अनुहार हेरिन्, अनुहारमा एसिडले जलेको भाग देखेपछि उनी भ’क्का’निइन् । बरर आँशु झरे ।’

छोरीको उपचारका लागि रसुलसँगै उनी पनि अस्पतालमै छन् । ‘हुकर्ंदै गरेकी छोरीमाथि यस्तो नराम्रो घ’ट’ना भयो, अब के हुने हो, सोच्न सकेकी छैन ।’

‘ए’सि’ड हा’न्नेलाई झु’ण्ड्या’इयोस्’

आल्मुनियमको झ्यालढोका बनाएर पाँच छोराछोरीसहित ७ जनाको परिवार धानेका रसुल छोरीलाई यो अवस्थामा पुर्‍याउनेलाई हदै’सम्मको स’जा’यँ हुनुपर्ने माग गर्छन् । संविधानले मृ’त्यु’द’ण्ड’को कानुन बनाउन दिएको छैन । तर, मुस्कानका पिताको माग ए’सि’ड प्र’हा’र गर्नेलाई मृ’त्यु’द’ण्ड दिइनुपर्ने माग छ ।

मुस्कानका पिता भन्छन्, ‘मेरी छोरीलाई ए’सि’ड फ्यालेर कुरुप बनाउनेलाई ज’न्मकै’द’को स’जा’यँ हुनुपर्छ । कि त झु’ण्ड्या”उने व्यवस्था हुनुपर्छ । जे’लबाट फेरि समाजमा आयो भने अन्य छोरीहरुले पनि यस्तै नियति भोग्नुपर्ने हो कि ?

आफ्नो जीवन ब’र्बाद गर्नेलाई क’डाभन्दा क’डा कार’वाही गरेर आˆनो आ’त्मालाई शान्ति दिलाउन मुस्कानले माग गरेकी छिन् । ए’सि’डले पोल्दा कस्तो हुन्छ भन्ने अ’प’रा’धीलाई महसुस गराउनुपर्ने उनको माग छ ।

ए’सि’ड प्र’हा’र गर्ने व्यक्तिसँग मुस्कानले अहिलेसम्म एकै वचन कुराकानीसम्म नगरेको आमा सहनाज बताउँछिन् ।

काठमाडौंमा उपचार गरिँदै

मुस्कान खातुनको उपचार अहिले काठमाडौंको कीर्तिपुर अस्पतालमा भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका रसुललाई छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । छोरीको उपचार प्रक्रिया लामो हुने भएकोले यति नै खर्च लाग्छ भनेर यकिन गर्ने अवस्था नरहेको उनले बताए ।

अहिलेसम्म सरसापट गरेको पैसाले उपचार गराइरहेको उनले बताए । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले एम्बुलेन्सको व्यवस्था गरेर छोरीलाई कीर्तिपुर अस्पतालसम्म ल्याएका रसुल उपचार खर्च जुटाउनेबारे अलमलमा छन् ।

उनी आफ्नी छोरीको उपचारको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । विद्यालय जाने छोरीको सु’र’क्षा सरकारले गर्न नसकेको भन्दै उनले मुस्कानजस्तै धेरै छोरीहरुको सु’र’क्षाको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

मुस्कानको उपचारका लागि सांसद प्रदीप यादवले तत्कालै ५० हजार उपलब्ध गराएको उनले बताए । प्रदेश २ सरकारले पनि मुस्कानको उपचारका लागि ५ लाख रुपैयाँ दिने घोषणा गरेको भए पनि यसबारे आफूले मिडियाबाट मात्र जानकारी पाएको उनले बताए ।

डाक्टर भन्छन्- उपचार प्रक्रिया लामो हुन्छ

ए’सि’डका कारण मुस्कानको दाहिने अनुहारको भाग, दुबै हात र छाती ज’लेको उनको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

ए’सि’डको अ’सर लामो हुने भएकाले २/४ दिनपछि मात्रै घा’उको गहिराई हेरेर थप उपचार प्रक्रया अघि बढाइने डा. शंकरमान राईले अनलाइनखबरलाई बताए ।

ए’सि’डको असरलाई तत्काल रोक्न नसकिने भएकाले यसले बढी मात्रामा मांशपेशीमा भएका तन्तुहरुलाई अ’स’र गर्ने उनले बताए । ए’सि’डका कारण ४० प्रतिशत भन्दा धेरै अंग ज’लेको मानिसलाई बचाउन मुस्किल पर्ने चिकित्सकहरु बताउँछन् । ‘ए’सि’डको असर फैलिएर संवे’दनशील अं’गमा पुग्ने जोखिम पनि त्यतिकै हुन्छ,’ डा. राई भन्छन्, ‘त्यसैले थप उपचारका लागि २/४ दिन पर्खनैपर्छ ।’

६ महिनामा दुईजनामाथि ए’सि’ड प्र’हा’र

०७६ सालयता ५ महिनामा ए’सि’ड आ’क्र’म’णका दुई घ’ट’ना सार्वजनिक भएका छन् । दुबै घ’ट’ना महिलामाथि नै भएका हुन् ।

गत जेठ १ गते बुधबार राति काठमाडौंको कालोपुलमा २२ बषर्ीया युवतीमाथि आफ्नै श्रीमानले ए’सि’ड प्र’हा’र गरेका थिए । श्रीमानलाई प्रहरीले सोही दिन प’क्रा’उ गरेको थियो । त्यसको चार महिनापछि गत भदौ २० गते शुक्रबार विहान वीरगञ्जकी मुस्कान खातुनमाथि ए’सि’ड प्र’हा’र भएको हो ।

प्रेम प्रस्ताव अस्वीकार गरेको झोकमा मुस्कानमाथि ए’सि’ड प्र’हा’र भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताए पनि पी’डि’त परिवारले भने कुराकानी नै नभएको किशोरले विनाकारण ए’सि’ड प्र’हा’र गरेको बताएको छ ।- अनलाइनखबर

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • स्यार्तुङ रातामाटा टोल विकास संस्थाको अध्यक्षमा कुलदीप आचार्य ।
  • दसैँको टीकाको साइत सार्वजनिक हेर्नुहोस्
  • ओली सरकारले आकाशे र उडन्ते गफ गर्यो : डा. महत
  • गाडी भाडाभन्दा पनि सस्तो हवाई भाडा, अब कहाँ जान कति खर्च लाग्छ ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी