ताजा समाचार

एसीसी यु–१९: नेपालद्वारा बंगलादेशसामु २ सय ६२ रनको लक्ष्य प्रस्तुत



काठमाडौं – एसीसी अन्डर १९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशसामु जीतका लागि २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । पवन शर्राफ र सन्दीप जोराले अर्धशतक बनाएपछि नेपालले निर्धारित ५० ओभरमा नेपालले ८ विकेटको क्षतिमा २ सय ६१ रन बनाएको हो ।

श्रीलङ्काको पी सारा मैदानमा जारी टस हारेर नेपालले पहिलो ब्याटिङ गरेको थियो । नेपालका लागि शरार्फले १११ बलमा सर्वाधिक ८१ रनको योगदान दिए । उनले यस क्रममा ८ चौका र १ छक्का हिर्काए । उनले ओपनर रित गौतमसँग मिलेर पहिलो विकेटको लागि ४५ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात दिए ।

गौतमले तीन चौका र एक छक्का हिर्काउँदै ३२ रन बनाए । त्यस्तै, सन्दीप जोराले विष्फोटक ब्याटिङ गर्दै ३७ बलमा ५६ रन बनाउँदै नेपाललाई विशाल योगफलतर्फ डोर्याए । जोराले ३ चौका र समान छक्का हिर्काए ।

कुशल मल्लले २८ तथा भीम सार्कीले २१ रनको योगदान दिए । बंगलादेशका लागि तन्जिम हसन र मोहमद साहिन अलोमले २–२ विकेट लिए । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • एकदिवसीय क्रिकेट वरियतामा नेपाल घटुवा
  • स्पेनमा मेस्सीमाथि आक्रमण (भिडियो सहित)
  • विश्वकप छनोटको अन्तिम खेलमा नेपाली क्रिकेट टिमले लगाइसकेको मेडल खोसियो
  • न्युजिल्याण्डलाई हराउदै इंग्ल्याण्डले पहिलो पटक जित्यो क्रिकेट विश्वकपको उपाधि
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी