ताजा समाचार

नेपालमै छ यस्तो रोचक गुफा, जहाँ देखिन्छ हात्तिको सुँड, नाग सर्प लगायतको आकृति



म्याग्दी – म्याग्दीमा एक रोचक गुफा छ । जहाँ हात्तिको सुँड, नाग सर्प लगायतको आकृति रहेको छ । म्याग्दीको मालिका गाउँपालिका–५् धार्मिक पर्यटकीय स्थल देउताभिर गुफाभित्र रोचक आकृति रहेको छ।उक्त गुफाभित्र यहाँ हात्तिको सुँड, नाग सर्प लगायतको आकृति रहेका छन् । यो गुफा हेर्न पर्यटकहरुको लाइन लाग्ने गर्छ ।

त्यस्तै म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ । बीस मिटर लामो सो गुफामा जनावर, पंक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति घर आदिका आकृति रहेका स्थानीयले बताएका छन् ।

पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको छ।स्थानीय उदय रोकाले फेला पारेका गुफाको बारेमा जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको कुहुँ का बासिन्दा एवं शिक्षक डकबहादुर रोकाले बताए ।गुफाको आकर्षणका बारेमा प्रचारप्रचार हुन नसकेको रोकाको भनाइ रहेको छ।उनका अनुसार स्थानीय र छिमेकी वडाका विद्यालयबाट कहिलेकाहीँ शिक्षक र विद्यार्थी गुफाको अवलोकन गर्न आउँछन्। “गुफाका बारेमा धेरैलाई जानकारी नै छैन” रोकाले भने “व्यवस्थित पदमार्ग निर्माण गरी प्रचारप्रसार गर्ने हो भने यो गुफा जिल्लाको नयाँ पर्यटकीय गन्तव्य बन्न सक्छ ।”

एउटै गुफाभित्र रहेका धेरै आकर्षक कलाकृतिले कठिन पैदलयात्रा गरेर त्यहाँ पुग्दाको नरमाइलो क्षण बिर्सिएको हालै गुफाको अवलोकन गरेर फर्किएका रन्जित रोकाले बताए । सदरमुकाम बेनीबजारदेखि करिब तीन घण्टाको पैदलयात्रा पछि पुगिने सो गुफाको संरक्षण गर्नतर्फ सरोकारवालाको ध्यान जान आवश्यक रहेको स्थानीयवासीले बताएका छन् । प्रसस्त पर्यटकीय सम्भावना भएर पनि भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावमा सो गुफा ओझेलमा परेको स्थानीयको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • भाद्र २१ देखि २७ गतेसम्मको राशिफल
  • ०७६ भदौ २२ गते आइतबार ई. स. २०१९ सेप्टेम्बर ०८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
  • शनि देवलाई खुसी पार्न यी १० उपाय अपनाउनुहोस्, तपाईको मनोकामना पुरा हुनेछ
  • ०७६ भदौ २१ गते शनिबार ई. स. २०१९ सेप्टेम्बर ०७ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी