ताजा समाचार

शनिबार राती नेपाल टेलिकमको नेटवर्क केही समय अ*वरुद्ध हुन सक्ने, नेटवर्क नआए यसो गर्नुहोस्



काठमाडौं। नेपाल टेलिकमले शनिबार राती केही समय आफ्नो सेवा नचल्न सक्ने जनाएको छ । टेलिकमले फोरजी एलटिई सेवा अपग्रेड गर्ने भएकोले शनिबार राती केही समयको लागि सेवा अ*वरु’द्ध हुन सक्ने जानकारी दिएको हो ।

शनि बार राती साढे ११ बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा क*ठि’नाइ आउनसक्ने टेलिकमले जनाएको छ ।मोवाइल सेवा अ*बरू’द्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ ।

‘फोरजी एलटिई सेवा सञ्चालनका लागि यही मिति २०७६ भदौ २१ गते राति ११ः३० बजेदेखि सिष्टम अपग्रेड सम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोवाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने सबैमा जानकारी गराइन्छ,’ टेलिकमले निकालेको सूचनामा भनिएको छ ।टेलिकमले प्रविधिमा आएको परिवर्तनसँगै सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको पनि उल्लेख गरेको छ । देशभर नै फोरजी एलटिई सेवा विस्तार भइराखेको टेलिकमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • गाडी भाडाभन्दा पनि सस्तो हवाई भाडा, अब कहाँ जान कति खर्च लाग्छ ?
  • भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ सम्पर्क विहीन, नरेन्द्र मोदी निराश
  • सरकारको स्वामित्वमा रहेको टेलिकमको शेयर सर्वसाधारणलाई बिक्री गरिने
  • अब यी ८७ मुलुकमा नेपाल टेलिकमको रोमिङ सेवा, कुन देशमा कति शुल्क ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी