ताजा समाचार

नेपालमा सेतो पुतली आ’तंकः शरीरको सम्पर्कमा आउनेवित्तिकै यसरी गुम्छ आँखाको ज्योती



पोखरामा सेतो पुतलीको आ’तं’कले दृष्टि नै गुम्ने डर बढेको छ । यसको अ’सरले दैनिक चार–पाँच जना बिरामी परेका छन् । यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्रमान महर्जनले बताए ।

विशेषगरी साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै घा’त’क हुने चिकित्सक बताउँछन् । यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेवित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ ।

उनका अनुसार यो सेतो पुतली उड्दै गर्दा मानव आँखामा ठोकिएमा वा यसका रौँ कुनै कारणवश आँखामा परेमा रोग लाग्न सक्छ । यो समाचार आजको राजधानी दैनिकमा विजय नेपालले लेखेका छन् ।

यो पनि पढ्नुहोस : डेङ्गुका बिरामी थपिदैँ

पाल्पामा साउनबाट यता हालसम्म डेङ्गुका पाँच बिरामी देखा परेका छन् । साउनमा दुई बिरामी फेला परेकोमा भदौमा तीन बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो । तानसेन नगरपालिकाभित्र साउनको २६ गते ३७ वर्षीय र २४ गते ६१ वर्षीया महिलामा डेङ्गुको स’ङ्क्र’मण देखिएको थियो । भदौको दोस्रो हप्ता रम्भा गाउँपालिकामा एक, माथागढी गाउँपालिकामा एक र पूर्वखोलामा गाउँपालिकामा एक डेङ्गु रोग सङ्क्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तराईलगायतका अन्यत्र जिल्लामा घुमफिर काम विशेषले गएका बखत त्यहीँबाट स’ङ्क्र’मण सरेर आएका बिरामी पाल्पामा फेला परेको सूचना अधिकारी ज्ञवालीले बताउनुभयो । “पाल्पा जिल्लाभित्रै डेङ्गु रोग देखिएको छैन, बाहिर अन्यत्र जिल्ला तथा स्थानमा पुगेका व्यक्तिमा त्यहाँबाटै स’ङ्क्र’मण भएको पाइएको छ, जिल्लाभित्रै रोगको स’ङ्क्र’मण फैलिएको भनेर आत्तिनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

स’ङ्क्र’मित बिरामीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार गरिएको छ । गत वर्षको भदौमा जिल्लामा सात बिरामी भेटिएका थिए । यो रोग एडिप्टाइ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । घर वरिपरि खाँडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने, शरीर पूरै ढाक्ने गरी कपडा लगाउने गरियो भने डेङ्गु रोग लाग्नबाट बच्न सकिने सूचना अधिकारी ज्ञवालीले बताउनुभयो ।

अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नुजस्ता डेङ्गु रोगका लक्षण हुन् । डेङ्गु रोगको सङ्क्रमणले दिमागमा असर गर्ने हुँदा सजकता अपनाउन स्वास्थ्यकर्मीको अनुरोध छ । शरीरमा भएको रगतको मात्रा प्लेटेड नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ । विशेष गरी गर्मी क्षेत्रमा देखापर्ने डेङ्गु रोग पाल्पामा पहिले खासै देखिएको थिएन । पछिल्लो समय विस्तारै जिल्लामा डेङ्गुको स’ङ्क्र’मण देखा पर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • तपाईले पिउने दुध नक्कली हो की सक्कली यस्तो छ सजिलै जाँच्ने तरीका
  • जानी राखे राम्राे : यस्ता छन् हर्राेको फाइदा
  • अविवाहित युवतीमा दूध चुहिने समस्या के हो ? के कारणले हुन्छ र उपचार के हो ?
  • काठमाडौँ उपत्यकामा पनि डेङ्गुको उच्च जोखि’ममा, यी हुन् यो रोगबाट जोगिने उपाय
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी