ताजा समाचार

जापानमा विश्वको सबैभन्दा ठूलो बुद्धको मुर्ति बनाउँदै नेपाली मुर्तिकारहरु



काठमाडौ। जापानको कामिआमाकुसा शहरको एउटा विशाल पहरामा बुद्धको मूर्ति कुँदिदै छ । यस्तो विशाल मूर्ति निर्माणको नेतृत्व गर्दैछन् प्रदेश १ को मोरङको उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरी । नेपालकै मूर्तिकारहरू सानुभाइ विश्वकर्मा, रामचन्द्र पण्डित, गणेश वान्तवा राई लगायतका मूर्तिकारहरू सो मूर्ति निर्माणमा सक्रिय छन् ।

सन् २०१६ को सेप्टेम्बरबाट शुरु भएको विशाल मूर्ति निर्माण अभियानमा दैनिक ८ घण्टाभन्दा बढी खट्दैछन् नेपाली मूर्तिकारहरू । ६० फिटको एउटा, ५० फिटका दुइटा र ३० फिटका ४ वटा बुद्धमूर्ति बनाउन बुद्धको जन्मदेश नेपालका कलाकारहरू खटिइरहेका छन् ।

यो मूर्ति संसारकै ठूलो बुद्ध मूर्ति हुने र विश्व सम्पदा सूचीमा पार्ने यसका प्रायोजक र जापानी सरकारको लक्ष्य रहेको मूर्ति निर्माणको नेतृत्वकर्ता मूर्तिकार मितेरीले बताए ।

जापानबाट प्रदेश पोर्टलसँग कुराकानी गर्दै मितेरीले भने, ‘यो विशाल मूर्ति परियोजना ५ वर्षभित्रमा सक्ने कुरा छ । अझ रोचक कुरा त यो सरकारी नभएर निजी व्यवसायी ओसिमा सिजुकीले निर्माण गरेको विशाल सांस्कृतिक तथा पर्यटकीय परियोजना हो ।’ आफूले विदेशमा गरेको यस्तो काम नेपालमा पनि गर्न चाहेको मूर्तिकार मितेरी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • गैरआवासीय नेपाली संघ मलेसिया जोहोर क्षेत्रीय साखा कार्यालय उद्घाटन कार्यक्रम हुने।
  • जनप्रगतिशिल मोर्चा मलेसियाका केन्द्रीय सदस्य दिलिप द्वारा मोर्चा बाट राजीनामा ।
  • प्रबासी हातेमालो कल्याणकारी समाज मलेसियाले मृत बिकका परिवार लाई सहयोग गर्ने।
  • तलब नपाएको झोकमा मलेसियामा नेपाली गार्डले गरे सुपरभाइजरको ह’त्या
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी