ताजा समाचार

चिट चोराइ रोक्न शिक्षकको अचम्मको काइदा



एजेन्सी। हामीकहाँ स्कुल तथा कलेजका परीक्षामा चिट चोर्ने चोराउनेहरूको घुइँचो नै लाग्ने गरेको हामीले देखेकै छौं । विद्यार्थीलाई चिट चोर्नबाट रोक्नका लागि शिक्षकहरूले अनेक खालका उपाय तथा सावधानी अपनाएका हुन्छन् । उता मेक्सिकोका एकजना शिक्षकले चाहिँ विद्यार्थीलाई चिट चोर्न नदिनका लागि सायद दुनियाँमा कसैले नगरेको उपाय लगाएका छन् ।उनको चिट चोराइ रोक्ने त्यो काइदा सोसल मिडियामा हटकेक बनिरहेको छ ।

मेक्सिकोको टेलेक्सकलास्थित एक कलेजमा स्नातकको परीक्षाका बेला विद्यार्थीहरूलाई चिट चोर्न तथा अरुको नक्कल गर्नबाट रोक्नका लागि विद्यालयका निर्देशकले अनौठो जुक्ति लगाए । उनले सबै परीक्षार्थीकाे टाउको कार्डबोर्डको बाकसमा पहिराएर परीक्षा दिन लगाएका थिए, ताकि विद्यार्थीहरुले दायाँ–बायाँ देख्न नसकून् र आफ्नो उत्तरपुस्तिकामा मात्र हेर्न सकून् ।

कलेजको त्यस्तो काइदाप्रति सोसल मिडियामा मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले कलेजको काइदाको प्रशंसा गरेका छन् भने कतिपयले त्यो अमानवीय व्यवहार भएको भन्दै शिक्षा विभागका अधिकारीलाई निलम्बन गर्न र सम्बन्धित शिक्षक तथा निर्देशकलाई समेत बर्खास्त गर्न माग गरेका छन् ।

स्मरणरहोस् परीक्षामा विद्यार्थीलाई अरूको नक्कल गर्ने तथा चिट चोर्ने कार्यबाट रोक्नका लागि यस्ता चटपटे उपाय अपनाउने मेक्सिको पहिलो देश होइन । सन् २०१३ मा थाइल्याण्डमा परीक्षार्थीहरुलाई आँखाले दायाँ–बायाँ हेर्न नपाउने गरी कागजका हेलमेट पहिराइएको थियो ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • भर्खरैः सिचुवानमा भूकम्पः एकको मृ’त्यु, २९ घा’इ’ते
  • दक्षिण कोरियामा ब्रा नलगाउने अभियान : कसले र किन सुरु गर्‍यो ?
  • आफैले पालेको भालेको आ’क्रम’णमा परि महिलाको मृ*त्यु
  • ‘भारतसँगको आफ्नो हवाई मार्ग बन्द गर्ने पाकिस्तानको तयारी’
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी