ताजा समाचार

साहोले पहिलो दिन बक्स अफिसका सबै रेकर्ड ध्वस्त पार्यो, अहिलेसम्मको सबैभन्दा ठूलो ओपनिङ



काठमाडौं। प्रभास र श्रद्धा कपुर स्टारर फिल्म साहोले पहिलो दिन भारतको बक्स अफिसका सबै रेकर्ड ध्वस्त बनाएको छ । साहोले पहिलो दिन १०४.८ करोड संकलन गरेको छ जसमा ६८.१ करोट नेट कमाइ हो । यसले यसअघि भारतमा सबैभन्दा ठूलो ओपनिङ गरेका एभेन्जर्स इण्डगेम (५३ करोड) र ठग्स अफ हिन्दोस्तान (५२ करोड) को रेकर्ड ध्वस्त पारेको छ ।

बाहुबली सिरिजपछि प्रभास अन्तर्राष्ट्रिय सनसनी बनेका थिए । बाहुबली फ्रेन्चाइजमा बाहुबली द बिगिनिङले ६५० करोड र बाहुबली द कन्क्लुजनले १७९६ करोड कमाएका थिए । बाहुबली २ पछि प्रभासको यो पहिलो फिल्म भएकोले दर्शकले यसबाट ठूलो अपेक्षा राखेका थिए जुन पहिलो दिन टिकट काउन्टरमा देखियो । यद्यपि यो फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया भने पाएन ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • फुटपाथमा गीत गाएर पेट पाल्ने महिलालाई सलमानले दिए ५५ लाखको घर
  • विश्वकै सुन्दर अभिनेत्रीका बोल्ड तस्विरले हंगामा (हेर्नुहोस् तस्विरहरु)
  • यी हुन बलिउड अभिनेत्री शिल्पाका पति जसले नेपाल बाट व्यवसाय सुरु गरेका थिए । अहिले भए अरबपति
  • सेलिब्रिटीको हर्कतः बच्चालाई दूध पिलाउँदै रेडवाइनमा मस्त
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी