ताजा समाचार

सरकारको स्वामित्वमा रहेको टेलिकमको शेयर सर्वसाधारणलाई बिक्री गरिने



काठमाण्डाै । सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो।

कम्पनीको शेयर संरचनाअनुसार ९१.५२ प्रतिशत संस्थापक शेयर अर्थात् नेपाल सरकारको रहेको छ भने ८.४८ प्रतिशत शेयर आमसर्वसाधारण र कर्मचारीको रहेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको थप शेयर आम नागरिकलाई दिने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले सरकारी स्वामित्वमा रहेको केही शेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले ६६ प्रतिशत शेयर राखेर बाँकी सर्वसाधारणलाई दिँदा हुन्छ भन्नेमा मन्त्रालय छ ।’ टेलिकममा कूल एक करोड २७ लाख कित्ता शेयर मात्र सर्वसाधारणको छ ।

शेयर संरचनाअनुसार सर्वसाधारण शेयरधनीको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत तथा नागरिक लगानी कोषको ०.०३ प्रतिशत शेयर स्वामित्व टेलिकममा छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • गाडी भाडाभन्दा पनि सस्तो हवाई भाडा, अब कहाँ जान कति खर्च लाग्छ ?
  • शनिबार राती नेपाल टेलिकमको नेटवर्क केही समय अ*वरुद्ध हुन सक्ने, नेटवर्क नआए यसो गर्नुहोस्
  • भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ सम्पर्क विहीन, नरेन्द्र मोदी निराश
  • अब यी ८७ मुलुकमा नेपाल टेलिकमको रोमिङ सेवा, कुन देशमा कति शुल्क ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी