ताजा समाचार

वैदेशिक रोजगारीका लागि न्यूनमात्रै जापान जान पाउने



काठमाडौं । जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून संख्यामा मात्र कामदार लैजाने देखिएको छ ।

जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको छ ।

जापानले १४ वटा विभिन्न क्षेत्रबाट नेपालसहित ९ देशका श्रमिक लिने जनाएअनुसार नेपालबाट शुरुमा नर्स लगायतका केयरगिभर क्षेत्रमा युवा लैजाने भएको छ ।

यसका लागि कार्तिकको दोस्रो हप्ता परीक्षा गर्ने जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दीपक ढकालले पहिलो चरणमा न्यूनमा मात्राका नर्स र केयर गिभर लैजाने बताए ।

आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • सरकारी जागिरको सुर्वण अवसर, गृह मन्त्रालयले माग्यो एकैपटक १९८९ जना कर्मचारी (सूचनासहित)
  • भारतमा स्नातकोत्तर सकेर नेपाल फर्किएकी युवतीः गाई पालन गरेर कमाउछिन् मासिक यति
  • शून्य लागतमै कामदार जान पाउने गरी टर्कीसँग श्रम समझदारी गर्दै सरकार (हेर्नुहोस् पुरा)
  • नेपालमा ६ हजारलाई सरकारी जागिरको अवसर, साधारण लेखपढ गरेकालाई समेत अवसर (सुचनासहित)
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी