ताजा समाचार

बिप्लपले गरे चितवन बन्दको घोषणा !



चितवन। सरकारद्वारा प्रतिब*न्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी ९ भदौमा चितवन जिल्ला ब*न्दको घोषणा गरेको छ ।

विप्लव समूहका चितवन जिल्ला इन्चार्ज शार्दुल र सचिव ध्रुवद्वारा शुक्रबार जारी विज्ञप्तिमा पूर्वी चितवनस्थित राप्ति नगरपालिका–११ आहोलेवाङ्मा आफ्नो पार्टीले बनाएको प्रतीक्षालय प्रहरीले भत्काएको वि*रोधमा जिल्ला ब*न्द आह्वान गरिएको उल्लेख छ । प्रतीक्षालय भत्काउने कार्यले वर्तमान सरकार आफू पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने नीतिमा रहेको आ*रोप लगाइएको छ ।

‘जनतालाई आ*तं*कित बनाउँदै निर्माण भइरहेको प्रतीक्षालय भत्काउने र आगजनी गर्ने कार्य आफू पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने दम्भ हो’, विज्ञप्तिमा भनिएको छ । घटनाको विरोधमा विप्लव समूहले राप्ति नगरपालिका–११ को कार्यालयमा आ*गजनी गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईंले आ*गजनीबाट वडा कार्यालय पूर्ण रूपमा न*ष्ट भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • ओली सरकारले आकाशे र उडन्ते गफ गर्यो : डा. महत
  • अध्यक्ष प्रचण्डले भने : ‘योगेश भट्टराई जस्तो मन्त्री नेपालमा पहिलोचोटी देख्दैछु’
  • प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्ने
  • कांग्रेस बैठकमा एजेण्डालाई नै विर्सिएर रवि लामिछानेको चर्चा
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी