ताजा समाचार

आज कृष्णाष्टमी तथा गौरा पर्व मनाइँदै



काठमाडौं । आज कृष्णाष्टमी । भगवान श्रीकृष्ण जन्मिएको दिनका रुपमा हिन्दुहरुले हर्षोल्लासका साथ मनाउँदैछन्।

हिन्दु मठमन्दिरमा विशेषगरी कृष्ण मन्दिरहरुमा दर्शनार्थीहरु पुगेका छन् । प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ।

उनको मामा कंशले पिता वासुदेव र आमा देवकीलाई जेलमै हालेको अवस्थामा कृष्णको जन्म भएको हो । कृष्ण जेलमै जन्मिएका हुन्।

महाभारतको युद्धमा कृष्णको विशेष भूमिका छ। भगवानले गाएको भगवत गीता कृष्णले महाभारतमा अर्जुनलाई सुनाएका थिए । हिन्दु धर्ममा त्यसैले पनि कृष्णको उच्च स्थान छ। उनलाई विष्णुको अवतारका रुपमा पूजिन्छ।

यसैगरी, आजै गौरा पर्व मनाइदैछ । विशेषगरी सुदुरपश्चिममा यसलाई ठूलो पर्वका रुपमा मनाइने गरिन्छ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • दसैँको टीकाको साइत सार्वजनिक हेर्नुहोस्
  • मुस्कानका पिताको माग : ए’सि’ड हान्नेलाई झु’ण्ड्या’इयोस्
  • भाद्र २१ देखि २७ गतेसम्मको राशिफल
  • ०७६ भदौ २२ गते आइतबार ई. स. २०१९ सेप्टेम्बर ०८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी