ताजा समाचार

रवि रिहा भएपछि उनलाई काँधमा बोकेर घर लान्छौं, सत्यको जीत हुन्छ – नायक रमेश उप्रेती



चितवन। आज रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई आज जिल्ला अदालत चितवनमा पेश गरिएको छ। जिल्ला अदालत चितवनले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको छ । यसैबिच सुरक्षा व्यवस्थालाई मध्य नजर गर्दै हेटौंडाबाट हजार प्रहरी झिकाइएको छ ।

आज उनीहरुलाई अदालत पेश गर्ने क्रममा हुन सक्ने अप्रिय घटनालाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।तीन जना अभियुक्त मध्ये युवराज कँडेल र अस्मिता कार्कीको बयान पूरा भएको भए पनि रविको बयान आंशिक रुपमा मात्रै सकिएको बताइएको छ । बयान नसकिएकै कारण पनि उनीहरुलाई थप अनुन्धानको लागि म्याद थप गरिने सम्भावना देखिएको छ ।

यसैबिचमा प्रहरीले दिपक बोहरालाई रविलाई भेट्न दिएको छैन / भने नायक रमेश उप्रतिले भटे गरेका छन् । भेटमा रमेशले रविको आखा सत्य देखेको बताएका छन् । रविले आफ्नो कारणले कसैलाइ चोट नलागोस भन्ने चाहेको बताएका छन् । उनले रवि रिहा भएपछि काधमा बोकेर घर लाने बताएका छन्।

रविलाई अन्य ८–१० जना बन्दीसँगै राखिएको र उनीहरका कुरा सुनेर उनले समय बिताइरहेको बताइएको छ । त्यस्तै उनलाई भेट्न जानले ई पुस्तक लगिदिएको बताइएको छ । आज परिवारका सदय बाहेक अन्यलाई भेट्न दिइएको छैन ।चितवनमा आज पनि प्रदर्शन जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • रवी, कागजीरुपमा सम्वन्ध अन्त्य भए पनि भावनात्मक सम्वन्ध नष्ट हुन समय लाग्दोरहेछ
  • अरुलाई औंला ठड्याउने मान्छे आफू शुद्ध हुनु पर्दैन ? – किशोर श्रेष्ठ
  • रवी लामिछानेले कारागारबाटै भने, ‘म प्रहरी प्रशासनबाटै असुरक्षित छु’
  • ‘मैले के त्यो भिडियोलाई माटो मुनि दबाउनु पर्थ्यो कि लुकाउन पर्थ्यो ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी