ताजा समाचार

अरुलाई औंला ठड्याउने मान्छे आफू शुद्ध हुनु पर्दैन ? – किशोर श्रेष्ठ



काठमाडौं । अहिले चर्चामा आएका प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा जनआस्थाका सम्पादक किशोर श्रेष्ठले रवि लामिछाने पत्रकार नभएको बताएका छन् । पत्रकार ऋषि धमलाको जनता जान्न चाहान्छन् कार्यक्रममा आएका उनले लामिछाने पत्रकार नै नभएको बताएका हुन् । पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा श्रेष्ठले रवि आफैंले म पत्रकार होइन भन्दै जबरजस्ती पत्रकार बनाउँन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रेस पास लिन्न तपाईं किन उहाँलाई जबरजस्ती पत्रकार बनाइरहनु भएको छ ? भन्दै उल्टै प्रश्न गरेका छन् । सारा मेन स्ट्रिमका मिडियाले टिभि कार्यक्रम प्रस्तोता भनेर लेखेको भन्दै पत्रकार भन्नु गलत्त भएको बताए । उनले भने, ‘सूचना विभागलाई न्यूज २४ ले पठाएको विवरणमा रविको कर्मचारी नम्बर १९ भनेको छ । एउटा विदेशी कर्मचारी कसरी हुन्छ ? श्रम इजाजत पनि थिएन । उहाँले मलाई कसले छुन सक्छ भन्दै सिस्टमलाई च्यालेन्ज गर्नुभयो ।

उहाँ चाहिं के कानून भन्दा माथि हो ? उहाँको बारेमा छानविन गर्न नपाउनु ? कानुन तोडेर बस्ने मान्छे उहाँ चाहिं के त ? अरुलाई औंला ठड्याउने मान्छे आफू शुद्ध हुनु पर्दैन ?’ कुराकानीका बीचमा ऋषिले प्रश्न गरे, आज नेपाली जनता रविको पक्षमा छन्, सडकमा छन् । यसको जवाफमा किशोर श्रेष्ठ भन्छन्, ‘सडकमा आउन नेपालमा छुट छ नि ! विचार राख्न छुट छ ।

लोकतन्त्र मानिएको देश । हिजोजस्तो अभिव्यक्ति स्वतन्त्रा छ । अन्त कतै नभएको पूर्ण प्रेस स्वतान्त्रता छ । संविधानको धारा २७ ले सूचनाको हकसँगै धारा २८ ले गोपनीयताको हक पनि दिएको छ । तपाईले आफ्नो अधिकार उपयोग गर्दा अरुको अधिकार स्वतन्त्रता उल्लंघन गर्न पाउनु हुन्न ।

रवि लामिछाने निष्पक्ष हो उसलाई जोगाउनुपर्छ भनिरहँदा यसलाई चाँहि जिउँदै आगो लगाएर मार्छु भनेर तपाईले भन्न पाउनु हुन्न । त्यस्तो भनिएको भिडियो आएको छ । प्रचण्डलाई त्यस्तो भनिएको छ जो देशको दुई पटक प्रधानमन्त्री बन्नु भएको छ । प्रचण्डको छोरी जनताबाट निर्वाचित मेयर र दानबहादुर मल्ल राज्यले पत्याएर पठाएका एसपी छन् ।

अनि उहाँलाई हिरासतमा बस्नु परो भनेर त्यसको काउन्टरको रुपमा किशोर श्रेष्ठ, दानबहादुर मल्ललगायतलाई अर्को मुद्दा लगाएर अल्झाइदिउ भनेर हुन्छ ।’ रविलाई बचाउन प्रेस काउन्सिल, पत्रकार महासंघ किन नहिँडेको ? भन्ने प्रश्नमा उनले रवि पत्रकार नै नभएको भन्दै आफुहरुले मलतब नगरेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • रवी, कागजीरुपमा सम्वन्ध अन्त्य भए पनि भावनात्मक सम्वन्ध नष्ट हुन समय लाग्दोरहेछ
  • रवि रिहा भएपछि उनलाई काँधमा बोकेर घर लान्छौं, सत्यको जीत हुन्छ – नायक रमेश उप्रेती
  • रवी लामिछानेले कारागारबाटै भने, ‘म प्रहरी प्रशासनबाटै असुरक्षित छु’
  • ‘मैले के त्यो भिडियोलाई माटो मुनि दबाउनु पर्थ्यो कि लुकाउन पर्थ्यो ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी