ताजा समाचार

ज्याग्दीखोलामा बन्यो स्याङ्जाकै लामो पुल



प्रकाश डोटेल/स्याङ्जा । स्याङ्जाको ज्याग्दीखोलामा जिल्लाकै लामो झोलुङ्गे पुल निर्माण भएको छ । केन्द्रीय आयोजना डोलीडारमार्फत जय नेपाल निर्माण सेवा कम्पनीले निर्माण गरेको पुल खोलाको सतहदेखि १ सय १९ मिटर उचाइमा बनेको पुलको लम्बाइ ३ सय १८ मिटर छ ।

जिल्लाकै लामो झोलुङ्गे पुल भएपनि गण्डकी प्रदेशमा भने ज्याग्दीखोलाको उक्त पुल लम्बाईको तुलनामा चौथो नम्बरमा आउँछ । लम्बाई बढि भएका झोलुङ्गे पुलमा पर्वतमा मात्रै ३ पुल छन् । कुस्मा–कुडीकुवा ३ सय ५९, कुस्मा–बलेवा ३ सय ४७ र कुस्मा–ग्यादी ३ सय ४४ मिटरका पुल नेपालकै लामो पुल मध्येका झोलुङ्गे पुल हुन् । पुलबाट दैनिक १ हजार ५ सय यात्रु आवतजावत गर्ने गरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन डोटेलले जानकारी दिए ।

चापाकोट नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गरी समृद्ध नगर बनाउन, स्थानीय तथा विद्यालय जाने विद्यार्थी, र यात्रुलाई मध्यनजर राखेर पुल निर्माण गरिएको उनले बताए । झण्डै साढे ४ करोड रकममा योजना सम्पन्न भएको पुलले चापाकोट नगरपालिका हरिनास गाउँपालिका र पाल्पाको रामपुर नगरपालिकाका स्थानीय प्रत्यक्ष लाभान्बित हुनेछन् । खोला वारपार गरेर गाउँमा निस्कन करिब आधा घण्टा समय खर्चनुपथ्र्याे अहिले पुल बनेपछि पाँच मिनेटमै उक्त गाउँमा पुग्न सहज भएको छ ।

नमूनाका रुपमा निर्माण भएको पुल हेर्नेको अहिले घुइँचो छ । विभिन्न स्थानबाट यो पुल अवलोकन गर्न आउनेक्रम बढेको छ । “बञ्जिजम्प सञ्चालन गर्ने योजना बनाएका छौं ।” स्थानीय दीर्घबन्धु पौडेलले भने, “बञ्जिजम्प संचालनमा आएपछि आन्तरिक पर्यटक मात्र नभइ बाह्य पर्यटक भित्रने अपेक्षा गरेका छौं ।” “ज्याग्दीखोलाको उक्त स्थानमा पुल अति नै आवश्यकता थियो, बल्ल बनाउन सकियो ।” गण्डकी प्रदेशका सांसद भागवतप्रकाश मल्लले भने, “लामो प्रयासबाट पुल बनेको छ, बाटो छोटो हुने भएपछि स्थानीयलाई राहत हुनेछ ।”

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • दसैँको टीकाको साइत सार्वजनिक हेर्नुहोस्
  • मुस्कानका पिताको माग : ए’सि’ड हान्नेलाई झु’ण्ड्या’इयोस्
  • ओली सरकारले आकाशे र उडन्ते गफ गर्यो : डा. महत
  • गाडी भाडाभन्दा पनि सस्तो हवाई भाडा, अब कहाँ जान कति खर्च लाग्छ ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी