ताजा समाचार

‘मैले के त्यो भिडियोलाई माटो मुनि दबाउनु पर्थ्यो कि लुकाउन पर्थ्यो ?



काठमाडौं। अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृ*त्यु प्रकरण अनुसन्धानका क्रममा रहेको छ । अहिले यस घटनामा संलग्न भएको भन्दै प्रहरीले सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले बाहिर ल्याएको भिडियोको आधारमा उनीहरु प*क्रा*उ परेका हुन् ।

पुडासैनीले जीवनत्या*ग्नु भन्दा पहिले खिचेको भिडियोमा यी व्यक्तिहरुको नाम लिएर आफुलाई जीवनत्याग्न बाध्य पारिएको भने पछि तीजना पक्राउ परेका हुन् । यो बीचमा अहिले उनै श्रेष्ठले न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासँगका प्रस्तोत रवि लामिछानेलाई चुनाव जितेर प्रधानमन्त्री बन्न शुभकामना दिएका छन् ।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय नि*ध*नका सम्बन्धमा छानबिनका लागि रविसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि श्रेष्ठमाथि विभिन्न आशंका र आरोप लाग्न थालेको थियो । श्रेष्ठले रविलाई फसाउन खोजेको लगायतका आरोप लाग्न थालेपछि एक युट्यब च्यानलका प्रतिनिधिलाई बोलाएर आफ्ना धारण सार्वजनिक गरेका हुन् । केही महिनाअघि श्रेष्ठ र रविबीच टकराव चलेको थियो ।

तर, आफूले रविप्रति कुनै रि*स नसाँधेको श्रेष्ठको दाबी छ । बरु आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै उनले रवि दोषी हुन् वा निर्दोष त्यो कानुनले भन्ने बताए । सोही क्रममा श्रेष्ठले रविलाई चुनाव जितेर प्रधानमन्त्री बन्न शुभकामना दिए । किशोर श्रेष्ठका अनुसार भिडियो आफूलाई पुडासैनीको परिवारले दिएको र पत्रकारको नाताले त्यो भिडियो आफुले समाचारको रुपमा बाहिर ल्याएका हुन् ।

उनी भन्छन्, ‘यसमा मैले के गल्ति गरे र ?’ किशोरले कुराकानीमा भने, ‘मैले के त्यो भिडियोलाई माटो मुनि दबाउनु पर्थ्यो कि लुकाउन पर्थ्यो ? खास के गर्न पर्थ्यो ? मैले कुनै ईडीट गरेको छैन जो आएपनि मेरो मोबाईल बाट झिकेर दिनसक्छु ।

भिडियो सत्य हो कि झुटो हो भन्ने अनुसन्धानको विषय हो । मेरो काम भनेको आएको समाचारलाई बाहिर ल्याउनु हो र मैले त्यहि गरेको हु तर अहिले मलाई दोष देखाउन तिर लागेको भिड देख्दा छक्क परे ।’ अहिले पक्राउ परेकाहरुको बयान लिने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • रवी, कागजीरुपमा सम्वन्ध अन्त्य भए पनि भावनात्मक सम्वन्ध नष्ट हुन समय लाग्दोरहेछ
  • रवि रिहा भएपछि उनलाई काँधमा बोकेर घर लान्छौं, सत्यको जीत हुन्छ – नायक रमेश उप्रेती
  • अरुलाई औंला ठड्याउने मान्छे आफू शुद्ध हुनु पर्दैन ? – किशोर श्रेष्ठ
  • रवी लामिछानेले कारागारबाटै भने, ‘म प्रहरी प्रशासनबाटै असुरक्षित छु’
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी