ताजा समाचार

सुदुर पश्चिमेलि नेपाली समाज मलेसियाको पाँचौ अधिबेशन हुने ।



तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

सुदुर पश्चिमेलि नेपाली समाज मलेसिया केन्द्रिय समितिको पाँचौ अधिबेशन हुने भएको छ। यही आउदो अगस्ट २५ तारीख आइतबारका दीन विशेषत सुदुरपश्चिम क्षेत्रमा विशेष मनाइने गौरा पर्ब चाड को अबसर पारेर पुर्ब परराष्ट्र राज्य मन्त्री अर्जुन जंग बहादुर सिंह को प्रमुख आतिथ्यता मा सुदुर पश्चिमेलि नेपाली समाज मलेसियाको पाँचौ अधिबेशन हुने भएको हो ।

सुदुर पश्चिम क्षेत्रका कला सास्कृती लाई जगेर्ना गर्ने तथा आफ्ठ्यारोमा परेका नेपाली श्रमिहरुलाइ सहयोग पुर्याउदै आएको सुदुर पश्चिमेली नेपाली समाज मलेसियाले गौरा पर्बपनि सोही दिन मनाउने भएको छ ।गौरा पर्व तथा अधिबेशन कार्यक्रम मा देउडा गायक उमा शंखर जोसी र आधुनिक गायक बादल थापा गायिका निरुता खत्री र गायिका तथा मोडेल लक्ष्मी आर्याल समेतको प्रस्तुती रहने भएको छ ।

होटल ग्राण्ड कन्टिनेन्टल क्वालालम्पुर मा हुन लागेको अधिबेशन तथा समग्र कार्यक्रम लाई उग्रतारा रेस्टुरेन्ट ,भेटघाट रेस्टुरेन्ट जोहोरबारु,दीप ज्योती रेस्टुरेन्ट ,बम राज इन्टर्प्राइजेज जोहोर,पङ्गेनी ह्युमन रिसर्स एच एस एस ग्रुप लगाएत ले सहयोग गर्ने भएका छन ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • गैरआवासीय नेपाली संघ मलेसिया जोहोर क्षेत्रीय साखा कार्यालय उद्घाटन कार्यक्रम हुने।
  • जनप्रगतिशिल मोर्चा मलेसियाका केन्द्रीय सदस्य दिलिप द्वारा मोर्चा बाट राजीनामा ।
  • प्रबासी हातेमालो कल्याणकारी समाज मलेसियाले मृत बिकका परिवार लाई सहयोग गर्ने।
  • जापानमा विश्वको सबैभन्दा ठूलो बुद्धको मुर्ति बनाउँदै नेपाली मुर्तिकारहरु
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी