ताजा समाचार

शालिकराम प्र’क’रण: के भनिन् अस्मिताले आजको बयानमा ? पढ्नुहोस



प्रहरीले पत्रकार शालिकराम पुडासैनीको मृ’त्यु प्रकरण अनुसन्धानका लागि ३० साउन २०७६ मा काठमाडौंबाट नि’यन्त्र’णमा लिएकी अस्मिता कार्की र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संवाददाता युवराज कँडेलसँग बयान लिएको छ।

पत्रकार पुडासैनी मृ’त्यु प्रकरणमा चितवन प्रहरीले रवि लामिछानेसहित तीनजनावि’रुद्व अदालतबाट म्याद लिएर आ’त्मह’त्याका दुरु’त्साहन अभि’योगमा अनु’सन्धान गरिरहेको छ।

प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो ब’यान लिइएको छ। प्रहरीसँगको भिडियो बयानमा अस्मिताले सडक दु’र्घट’नामा मृ’त्यु भएका आफ्ना पूर्वप्रेमीसँग अनुहार मिलेकाले शालिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाएको बताएकी छन्। फेसबुक चलाइरहँदा शालिकरामको फोटोसहित ‘पिपुल मे यु नो’ भन्ने देखेपछि अनुरोध पठाएको उनले उल्लेख गरेकी छिन्।

‘फेसबुकमा साथी भएपछि कुराकानी हुन थाल्यो। त्यसपछि निकटता बढ्यो’, अस्मिताले प्रहरी बयानमा भनेकी छिन्, ‘पछिल्लो समय प्रेम सम्बन्धमा थियौं।’

‘सिधा कुरा जनतासँग’सँगका रवि र युवराजपछि यो प्र’कर’णसँग जोडिएकी अर्की पात्र अस्मिता कार्की हुन्। शालिकरामले कार्यक्रम छोड्ने निष्कर्षमा पुगेपछि ‘सिधाकुरा जनतासँग’कै टोली सदस्यले शालिकरामलाई डिपेन्डेन्टमा अष्ट्रेलिया पठाइदिन ती युवतीसँग भेट गराएका थिए।

पत्रकार पुडासैनी विदेश नगई माउन्टेन टेलिभिजनमा कार्यक्रम सुरु गरेपछि दुवैबीच खटपट सुरु भएको थियो। त्यसपछि अस्मिता शालिकरामवि’रुद्ध ‘सिधाकुरा जनतासँग’ पुगेको तथा रवि र युवराजले आफूविरुद्ध कार्यक्रमको तयारी गरेपछि आ’त्मह’त्या गर्न विवश भएको भिडियोमा उल्लेख गरेका छन्।

युवती र सिधा कुरा जनतासँगबीच छलफल भएको बिषय समेत अस्मिताले ब’यानमा उल्लेख गरेकी छिन्।

प्रहरीले विज्ञ टोलीले तीनैजनालाई फरक समयमा बयान लिने रणनीति बनाएको छ। प्रहरीले लिएको बयान थप अनुसन्धान र जाँचका लागि सहायक हुनेछ।

‘बयानमा बाझिएका विषयमा थप अनु’सन्धान हुन्छ,’ अनु’सन्धानमा सं’लग्न प्रहरी अधिकारी भनछन्, ‘यो घ’ट’नाभन्दा बाहिरका कतिपय विषय पनि खुलेका छन्।’

प्रहरीकाअनुसार रवि लामिछानेसँग पनि आजै प्रारम्भिक बयान लिइनेछ। प्रहरीले तीनैजनाको प्रारम्भिक ब’यानसहित मंगलबार चितवन जिल्ला अ’दालतबाट थप अ’नु’सन्धान म्याद लिन तयारी गरेको छ।

‘मृ’त्त’कको कल डिटेल आएको छ,’ अनु’सन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘मंगलबार थप तीनजना प्रति’वादीको कल डिटेल लिएर अनुसन्धान जारी रहन्छ।’

शालिकरामको मोबाइलबाट सबै डाटा रिकोभर

चितवन प्रहरीको अनुरोधमा प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब (डिएफएल) ले २० साउन २०७६ मा मृत्तक शालिकरामका साथबाट बरामद मोबाइलका सम्पूर्ण डाटा रिकोभर गरेको छ। शालिकरामले बोकेको उक्त मोबाइल सञ्चालन भएदेखिका डाटाहरु रिकभर गरिएका हुन्। पहिला–पहिला मेटाएका फोटो, अडियो र भिडियोे समेत रिकोभर गरिएको हो।

‘मोबाइलमा भएका सबै डाटा रिकोभर भएका छन्। मु’द्दाको अनुसन्धानसँग जोडिएका प्रमाण ठहरिने विषय मात्र हामी हेर्नेछौं,’ प्रहरी स्रोतले भन्यो ‘अनावश्यक विषय सुरक्षित रुपमा प्रहरीले राख्नेछ।’

डिएफएलको प्रतिवेदन शनिबारदेखि चितवनमा खटिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दीपक रेग्मीको टोलीले विश्लेषण गरिरहेको छ। सोमबार अपरान्ह प्रहरीले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागले पठाएको शालिकरामको पो’ष्ट’मार्टम रिपोर्टका आधार समेत अ’नुसन्धान गर्नेछ।

कपडा सुकाउन भन्दै डोरी खरिद

शालिकरामले घ’ट’ना हुनभन्दा केही घण्टा अघि चितवनको पोखरा बसपार्कस्थित होटल कंगारु नजिकै रहेको होलसेल पसलबाट पाँच मिटर नाइलनको डोरी खरिद गरेको अनु’सन्धानमा पुष्टि भएको छ।

कंगारु होटल रहेको स्थानबाट सडक वारी रहेको सो पसलमा पुगेका उनले आफुलाई कपडा सुकाउन डोरी चाहिएको भन्दै पाँच मिटर खरिद गरेका थिए। उनी पसलमा गएको क्लोज सर्किट क्यामरामा रेर्कड भिडियो प्रहरीले ब’रामद गरेको छ।

२०७६ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अ’प’राध संहिताअनुसार आ’त्मह’त्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसु’रदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता पौडेललाई नि’य’न्त्रणमा लिई अनु’सन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्ने
  • कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि पेशा नै सङ्कटमा
  • भोलि (शुक्रबार) सार्वजनिक बिदा
  • राप्रपाद्वार देशव्यापी रुपमा सांगठनिक प्रशिक्षण सुरु
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी