ताजा समाचार

शिल्पा पोखरेललाई तत्काल नपक्रन सर्वोच्चको आदेश



काठमाडौँ । बहुविवाहको मुद्दा लागेकी अभिनेत्री शिल्पा पोखरेललाई सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न आदेश दिएको छ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजलासले उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो।

निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले साउन पहिलो साता महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन्।

उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी थिइन्।

काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उक्त पक्राउ पुर्जीविरूद्ध शिल्पा उच्च अदालत पाटन गएकी थिइन्। पाटनले जिल्ला अदालतको पक्राउ पुर्जी रोक्न अस्वीकार गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन्।

सर्वोच्चले दुवै पक्षलाई भदौ १५ गते छलफलको लागि बोलाएको छ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • भाईरल भएकी कमला घिमिरे नानी पहिलो पटक इन्द्रेणीमा । भनिन्- जस्तो गायकसँग पनि दोहोरी खे*ल्न त*यार छु (भिडियो हेर्नुस)
  • धमलाको गोडाको पानि खाएको फोटो भाइरल भएपछि एलिजा बोलिन्
  • बरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन
  • एयरपोर्टमै बोल्ड गायिका प्रिती आले किन धरधरी रोइन् ? हेर्नुहोस, यस्तो भावुक बन्यो माहोल ! भिडियो हेर्नुहोस
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी