ताजा समाचार

हिरासतभित्र बन्दीहरुको भीडमा रबि लामिछाने यसरी बसेका छन् !



काठमाडौ। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणले चितवनको माहोल यतिबेला तातिरहेको छ । यही प्रकरणमा न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने चितवन प्रहरीको हिरासतमा छन् । उनलाई रिहाइको माग गर्दै बाहिर उनका प्रशंसकहरुले नाराबाजी गरिरहँदा हिरासतभित्र थुनुवाको रुपमा रहेका पत्रकार रवि लामिछाने के गर्देछन् भन्ने जिज्ञासा सबैलाई छ ।

प्रायः मानिसहरु जेलमा बस्दा धेरै भन्दा धेरै पुस्तक पढ्ने गरेको त सबैले सुनेकै हो । लामिछानेले पनि चितवन प्रहरीको हिरासतलाई उपन्यास पढ्ने उपयुक्त थलो बनाएका छन् ।

बाहिर उनको फ्यानहरु नाराजुलुस र ढुंगामुढामा उत्रिरहँदा उनी भने हिरासतमा उपन्यास पढ्न मै व्यस्त छन् । संचारकर्मी लामिछाने अहिले सुविन भट्टराईको चर्चित उपन्यास साया पढिरहेका छन् ।

हिरासतमा बन्दीहरुको भीडमा पनि म्याट ओछ्याइएको भूँइमा नै बसेर एक छेउमा गहिरिएर उपन्यास लगातार पढेको देखेपछि उनको किताब मोहलाई मानवअधिकार कर्मीहरुले पनि प्रशंसा गरेका छन् । भिडियो हेर्नुस:

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्ने
  • कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि पेशा नै सङ्कटमा
  • भोलि (शुक्रबार) सार्वजनिक बिदा
  • राप्रपाद्वार देशव्यापी रुपमा सांगठनिक प्रशिक्षण सुरु
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी