ताजा समाचार

चिनियाँ राजदूत भन्छिन् : मेरो मनमा नेपाल छ, भ्रमण वर्षको शुभकामना !



काठमाडौं। पछिल्लो समय नेपालका लागि विदेशी राजदूतहरु सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् । अमेरिकी दूतावास र राजदूतले लामो समयदेखि नेपाली भाषामा नै सामाजिक सञ्जाल चलाइरहेका छन् । नेपाली चाडपर्व, विशिष्ट व्यक्तिका जन्मदिन, मृ*त्युलगायतमा अमेरिकी दूतावास र राजदूतले टिप्पणी गर्दै आएका थिए ।

पछिल्लो समय नेपालका लागि चिनियाँ राजदूतावास र राजदूत पनि सामाजिक सञ्जालमा सक्रिय भएका छन् । नेपालका लागि चिनिया राजदुत होउ यान्छीले पनि पछिल्लो समय नेपाली भाषामै ट्वीट गर्न थाल्नुभएको छ ।

उहाँले यसअघि चीनले नेपालमा बनाइरहेका आयोजनाको बारेमा पनि नेपाली भाषामै ट्वीट गर्नुभएको थियो । उहाँ केही महिना अगाडिबाट मात्रै ट्विटरमा सक्रिय हुनु भएको हो ।

बिहीबार राजदूत यान्छीले बौद्ध, वसन्तपुरलगायतका स्थानमा खिचिएका तस्बिर राख्दै ट्विटरमा राख्दै लेख्नुभएको छ, ‘मेरो मनमा नेपाल १ नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना !’

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : राजेन्द्र लिङदेन
  • मरुभूमिमा रंग नम्बरवाली प्रेमीका…
  • कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न ।
  • भन्ज्याङ र चौतारी
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी