ताजा समाचार

“डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ” – पेमा



काठमाडौं। यी सुन्दरी पाइलट पेमा जो ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी छन् ! उनि भन्छिन ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।’ यो भिडीयोमा हामी पाइलट पेमा लामासंग कुराकानी देख्न सक्छौं।

पेमा बुद्ध एयरलाइनमा ६ वर्ष भन्दा बढी काम गरिरहेको छ। उनले आफ्ना अनुभव, उनी कसरी पाइलट बने भन्ने कुरा यो भिडियोमा गरिएकोछ। उनी स्कूल जीवनमै एक मेहनती छात्रा थिइन जसकारण आज उनी पाईलट हुन सफल भएकी छिन। नेपालको सन्दर्भमा केही पायलटहरू छन र तिनीहरूमध्ये एक हो।

यो पनि पढ्नुस – तपाईंले बिरेनुनका बारेमा पक्कै सुन्नु भएको होला । यो नुन विभिन्न खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ । आयुर्वेदमा त यसको धेरै औषधिहरुमा प्रयोग हुन्छ । सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ ।

बिरेनुन प्राकृतिक नुन हो । यो हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ । बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाईसमेत नियन्त्रणमा राख्ने काम गर्छ । बिरेनुनको प्रयोग विषेशगरि पेटसम्बन्धी रोगमा बढी मात्रामा प्रयोग हुने गरेको भएपनि यसले उच्च रक्तचापका विरामीलाई पनि बिरे नुनले निकै फाइदा पुग्छ । यो नुनमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्छ ।

बिरेनुनको प्रयोगले ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट बच्न सकिन्छ । पेट दुखेको, झाडापखला लागेको, पेट ढुस्सिएको आदी बेलामा यसको प्रयोग गर्ने गरिन्छ । खाना पचाउनमा बिरेनुनको महत्वपूर्ण भूमिका हुन्छ । विशेष गरि ग्यास्ट्रिक भएकाहरुले नियमित रुपमा बिरे नुनको प्रयोग गर्न आवश्यक छ ।

बिरेनुनमा सल्फर, आइरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । जसको कारण मोटोपना, खराब कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ । यसले धातुबाट हुने असरबाट पनि बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।

यसको सेवनले कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ । तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउँदा निकै लाभदायक हुन्छ ।

दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ । यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ ।

दिसा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहतको महसुस हुन्छ । पेटमा ग्यास भरिएको बेलामा मनतातो पानीमा बिरे नुन राखेर दिनमा तीनपटक खाँदा यसले फाइदा पुग्छ ।

कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन ।

लोकप्रिय
ताजा अपडेट
शिल्पाले डिभोर्शको केस हालिन, करिश्माले दिइन्
शारिरीक सम्पर्क गर्दा–गर्दै युवतीको निधन, युवक
निर्मला प्रकरण : पत्रकार खेम भण्डारीलाई
भोली ११ जिल्लामा विद्यालय बन्दको घोषणा
रिलिज हुन साथ विवादमा नयाँ तीजको

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • रवि रिहा भएपछि उनलाई काँधमा बोकेर घर लान्छौं, सत्यको जीत हुन्छ – नायक रमेश उप्रेती
  • अरुलाई औंला ठड्याउने मान्छे आफू शुद्ध हुनु पर्दैन ? – किशोर श्रेष्ठ
  • रवी लामिछानेले कारागारबाटै भने, ‘म प्रहरी प्रशासनबाटै असुरक्षित छु’
  • ‘मैले के त्यो भिडियोलाई माटो मुनि दबाउनु पर्थ्यो कि लुकाउन पर्थ्यो ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी