ताजा समाचार

प्रहरीले जनै र टुप्पी काट्यो, मेरो धर्मिक स्वतन्त्रामाथि प्रहार भयो, न्याय पाऊँ’



  • मोहन जोशी

कैलाली। कैलालीको चुरे गाउँपालिकामा रक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरीले एक व्यक्तिको टुप्पी र जनै काटेको आरोप लागेको छ। चुरे गाउँपकालिका–६ फल्टुडेमा निवासी भानसिंह धामीको टुप्पी र जनै काटेको आरोप प्रहरीमाथि लागेको हो। आज धनगढीमा पत्रकार सम्मेलन गर्दै धामीले टुप्पी र जनै काटेर प्रहरीले आफ्नो धर्मिक स्वतन्त्रतामा खलल पुर्‍याएको आरोप लगाएका छन्।

धामीलाई रक्सी खाएर होहल्ला गरेको आरोपमा इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले साउन २० पक्राउ गरेको थियो। पक्राउपछि इप्रकाका इन्चार्ज प्रहरी निरीक्षक माधव विसीले आफ्नो टुप्पी र जनै काट्न लगाएको विष्टले बताए।

‘प्रहरीले टुप्पी र जनै काट्न लगाएर मेरो धर्मिक स्वतन्त्रामाथि प्रहार गरेर मानव अधिकार हनन् गरेको छ,’ उनले भने,‘ममाथि प्रहरीबाटै अन्याय भयो, न्याय दिलाइ दिन अनुरोध गर्द छु।’ उनले भने,‘मैले जीवनमा कहिल्यै मदिरा सेवन गरेको छैन, तर प्रहरीले मदिरा खाएको आरोप लगायर मलाई झुटा केसमा समातेको हो।’

उनले न्यायका लागिभन्दै राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढीमा विसीविरुद्ध उजुरीसमेत दर्ता गराएका छन्। सो बिषयमा इलाका प्रहरी कार्यालय फल्टुडेलाई बुझन खोज्दा प्रहरी निरीक्षक विक विदामा घर गएका र अन्य पदाधीकारीलाई कुनै जानकारी नभएको भन्‍ने जवाफ आएको छ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्ने
  • कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि पेशा नै सङ्कटमा
  • भोलि (शुक्रबार) सार्वजनिक बिदा
  • राप्रपाद्वार देशव्यापी रुपमा सांगठनिक प्रशिक्षण सुरु
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी