ताजा समाचार

नुहाउन गएका दुई युवा डुबेर बेपत्ता, आक्रोशित स्थानीयबासीले लगाए स्काभेटरमा आगो



धादिङ। धादिङको दरिगांल खोलामा डुबेर दुई युवा बेपत्ता भएका छन्। शनिबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा नुहाउन गएका सुमन स्याङ्तान (२२) र भीम घलाङ (२१) खोलामा डुबेर बेपत्ता भएका हुन्।

उनीहरूसँगै नुहाउन गएका अरु दुईजनाले भने पौडेर ज्यान जोगाएका छन्। घटना बिहान १० बजेतिरको हो। अहिले आक्रोशित स्थानीयबासीले खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा आगो लगाइदिएका छन्।

स्थानीयले अरु स्काभेटरमा पनि तोडफोड गर्न थालेपछि प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको छ। तर स्थानीयवासीहरू ठूलो संख्यामा भएकाले प्रहरीले उनीहरूलाई रोक्न सकेको छैन। खोलामा जथाभावी उत्खनन् गरेका कारण यस्ता घटना हुने गरेको उनीहरूले आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • रविले बयानका क्रममा ‘थुप्रै झूटा’ कुरा उल्लेख गरेको दाबी, पढ्नुहोस
  • पुडासैनी काण्ड : यी हुन् अस्मिता कार्कीको पक्षमा वकालत गर्ने दिलदार वकिल
  • मोदी र भारतको प्रशंसा गर्दै वलीले भनिन्, भारतले मात्र नेपालको रक्षा गर्न सक्छ
  • १० दिनपछि आएको शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्टमा के छ ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी