ताजा समाचार

पत्रकार पुडासैनीको भिडियो सन्देश -‘रवि लामिछानेले मर्न वाध्य बनाए’ (भिडियो सहित)



चितवन-चितवन नारायणगढस्थित बसपार्कमा रहेको एक होटलमा पत्रकार शालिकराम पुडासैनीले आ’त्मह’त्या गर्नुको कारण बारेको भिडियो प्रहरीले फेला पारेको छ ।

पत्रकार पुडासैनीले भिडियो सन्देश छाडेर आ’त्मह’त्या गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आ’त्मह’त्या दुरुत्साहनवाट भएको खुलेको छ।

मृ’त्यु अघि उनले रेकड गरेको भिडियोमा चर्चित मिडियाकर्मी सहितका केही व्यक्तिका कारण आँफु आ’त्मह’त्या गर्न लागेको उल्लेख गरिएको छ ।

उनको मोवाईलमा रेकड गरिएका दुई भिडियो फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भिडियोका आधारमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर मल्लले जानकारी दिए।

पुडासैनीको साथवाट डि’प्रेसनको औषधिसमेत फेला परेको उनले बताए। भिडियोमा सञ्चार क्षेत्रका चर्चित व्यक्तिसहितको संलग्नतामा आफूलाई पछिल्लो समय निरन्तर ट’र्चर दिने गरिएको उल्लेख गरिएको छ । भिडियोमा अरुले करोडौं रुपैंया कमाउने तर आफूले दुःख मात्र गरेको जनाइएको छ ।

अस्ट्रेलिया डिपेन्डेन्ट भिसामा पठाइदिने भनेर एक जना केटीको पछि लगाएको र पछि त्यही केटीलाई ब’ला’त्कार गरेको भनेर फ’साउने रणनीति बनाएको भिडियोमा उल्लेख गरिएको स्रोतले बताएको छ ।

नयाँ भिडियो सार्वजनिक भएपछि परिवारले सन्देशमा उल्लेख भएका व्यक्तिहरुमाथि किटानी जाहेरी दर्ता गर्ने तयारी गरेको छ । मृ’तक पुडासैनीले भिडियोमा आ’त्मह’त्या रोज्नुको बाध्यताबारे प्रष्ट जानकारी दिएको परिवार स्रोतको दावी छ ।

प्रहरी उपरीक्षक दानबहादुर मल्लले आफ्नै कार्यकक्षमा मृ’त’क पत्रकारका परिवार आफन्तहरुलाई सो भिडियो देखाएका थिए । सो क्रममा मल्लले भिडियो अडियो कसैलाई रेकर्ड गर्न नदिएको नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्वर ३ का वडा सदस्य एवं मृ’तकका छिमेकी दिपक पुडासैनीले जानकारी दिए।

भिडियोमा दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफुले आ’त्मह’त्या गर्न लागेको जनाईएको पुडासैनीले बताए। पुडासैनीले भिडियोमा म’र्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पतीको बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेको बताए ।

भिडियोको आधारमा प्रहरी अनुसन्धान गरिरहेको बताएको छ । भिडियो पाउनु अघि ह’त्या गरिएको आशंका गरिएको भए पनि भिडियो हेरेपछि आ’त्मह’त्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफुहरुले श’व बुझेर काठमाडौं आएको पुडासैनीले बताए ।

प्रहरीले घटनको अनुसन्धान भईरहेको भन्दै विस्तृत विवरण खुलाएको छैन् । अनुसन्धान प्रभावित हुने भएकाले सबै कुरा भन्न नमिल्ले प्रहरी प्रमुख मल्लले जानकारी दिए । पुडासैनीको श’व राति काठमाडौं लगिएको थियो । उनी सोमवार राति चितवनको नारायणगढस्थित होटल कंगारुमा झु’ण्डि’एको अवस्थामा मृ’त भेटिएका थिए ।

यस्तो छ पुडासैनीको आ’त्मह’त्याको भिडियो सन्देश:

मलाई रवि लामिछाने र दीपक दाजुले पछिल्लो पटक धेरै नै टर्च’र दिनुभयो। उहाँहरूले करोडौँ रूपैयाँ कमाउने तर मलाई कममात्र पैसा दिने। पछि मलाई अष्ट्रेलिया डि’पेन्डेन्ट भिषामा पठाइदिने भनेर एक जना केटीको पछि लगाए। तर त्यही क्रममा मैले न्यूज २४ टेलिभिजन छाडे पनि। र पछिसम्म मलाई उहाँहरूले त्यही केटीलाई ब’ला’त्कार गरेको भनेर फ’साउने रणनीति बनाउनु भयो। त्यसकारण म अब संसारमा यस्तैगरि बाँचिरहन चाहन्न ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • रवी पक्राउपछि काठमाडौंमा ‘हाईअलर्ट’, काठमाडौंका एसएसपी भन्छन्, ‘उश्रङ्खल नबनौँ’ !
  • प्रहरीले जनै र टुप्पी काट्यो, मेरो धर्मिक स्वतन्त्रामाथि प्रहार भयो, न्याय पाऊँ’
  • हट्यो मुग्लिङको जीर्ण पुलको जोखिम, ‘आर्क ब्रिज’ मा गुड्न थाले गाडी
  • निर्मला प्रकरण: रविलाई उल्टै लाग्यो गम्भीर आरोप !
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी