ताजा समाचार

‘सिधा कुरा जनतासँग’का पत्रकार पुडाशैनी मृत फेला, रबिले लेखे यस्ताे स्टाटस



चितवन / चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासंगका पत्रकार शालिकराम पुडाशैनी झु’ण्डि’एको अवस्थामा फेला परेका छन् ।चितवनको भरतपुर महानगरपालिका १ मा रहेको पोखरा बसपार्क नजिकैको कंगारु होटलमा भु’ण्डि’एको अवस्थामा पुडाशैनीको श’वकाे फेला परेकाे चितवन जिल्ला प्रहरीले जनाएको छ ।

उनको आ’त्मह’त्या हो वा अरु कसैले ह’त्या गरेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । हाल परिवारलाई सम्पर्क गरेर घटनास्थलमा आउन आग्रह गरिएको चितवन प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासंगमा रवि लामिछानेका सहकर्मी भएर काम गरेका पुडाशैनी पछिल्लो समय माउण्टेन टेलिभिजनमा कार्यरत थिए।

यसै बिच पत्रकार शालिकराम पुडाशैनी भु’ण्डि’एको अवस्थामा फेला परेपछि रबि लामिछानेले स्टाटस लेख्दै मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मा’र्ने निर्णय गरे होलान भनेका छन् । त्यस्तै उनले छातीमा ला’त्त्ती खाई खाई पनि प्रश्न सोध्न नडराउने उनको छाति भित्रको मुटु यति कम’जोर थियो भने नलागेन समेत लेखेका छन् । यो घ’ट’ना उनको ब्यक्तिगत जीवन वा पत्रकारिता मध्य के ले प्रभावित पारेर भयो भन्ने प्रहरी अनुसन्धान पछि खुल्ने समेत रबिले स्टाटमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • रवि रिहा भएपछि उनलाई काँधमा बोकेर घर लान्छौं, सत्यको जीत हुन्छ – नायक रमेश उप्रेती
  • अरुलाई औंला ठड्याउने मान्छे आफू शुद्ध हुनु पर्दैन ? – किशोर श्रेष्ठ
  • रवी लामिछानेले कारागारबाटै भने, ‘म प्रहरी प्रशासनबाटै असुरक्षित छु’
  • ‘मैले के त्यो भिडियोलाई माटो मुनि दबाउनु पर्थ्यो कि लुकाउन पर्थ्यो ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी