ताजा समाचार

नर्सिङ पढेकी छोरी सौता बन्न गएपछि परिवारलाई तनाव (भिडियो)



आफ्ना छोरा छोरी पढाएर ठूलो मान्छे बनाउने सपना हरेक बाबु आमाको हुन्छ । अझ पछिल्लो समय छोरीलाई नर्स बनाएर बिदेश पढाउने बाबुआमाको सपना बन्दै गएको छ । नर्सिङ पढेकी छोरी ड्राईभरसंग भाग्ने त्यो पनि सौता बन्न, यस्तो खबरले बाबु आमा साथै परिवारलाई तनाव बनाउछ।

प्रस्तुत बिषयबस्तुमाथी रहेर निर्देशक तथा एरेन्जर तारानाथ आचार्यले माया गुरुङ र रामजी पौडेलको गीत अभागिनीको भिडियो तयार पारेका छन् । तीज आउँदै गर्दा छोरीले परिवारलाई दिएको पीडा, छोरीको सम्झनामा हर दिन बाटो हेर्ने आमा र दाजुको व्यथा र सौता माथी गएकी छोरीको समस्यालाई लिएर रामजी पौडेल र माया गुरुङले गीत सृजना गरेका हुन् ।

गीतमा बरिष्ठ गायक पुरुषोत्तम न्यौपाने, माया गुरुङ, रामजी पौडेल साथै सरिता सारु मगरको स्वर छ। गणेश सापकोटाको छायंकन रहको भिडियोलाई फलानो क्रियशनले पोष्ट प्रोडक्सन गरेको हो । सुबास अम्गाई त्यसका सम्पादक हुन् । हेरौं यो मालिक र निकै मार्मिक तीज गीत।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • भद्रगोलकी मुन्नीले अभिनय गरेको गरेको म्यजिक भिडियो सार्वजनिक (भिडियो)
  • गायक तथा संगीतकार चेतन सापकोटाको नयाँ गीत ‘वुद्ध फर्काइ देउ’ सार्वजनिक
  • गायक पशुपतिले ल्याए तीन चर्चित गायिकाको स्वरमा तीज गीत “हाम्रो कथा” (भिडियो)
  • ‘प्रचण्ड’की नातिनी‘ काे मायालु तिमी कहाँ छौ’ सार्वजनिक
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी