ताजा समाचार

लेखक प्रबिन कुमार स्याङतान यसरी लेख्छन “हिरासत”।



भ्रष्टाचारको अाँधीबेरीले निष्ठा , न्याय ,पारदर्शिता र सुशासनका स्तम्भहरु ढलिरहेकाे बेला , पुँजीपतिहरुले निम्न र सर्वहारा वर्गको अाशा र भराेसाकाे पिल्पिले दियाे निभाउन लागीरहेकाे बेला,बलात्कारका चित्कारहरुले मेराे कानकाे जाली नै फुट्ला झै भईरहेकाे छ।
शिक्षामा शैक्षिक माफिया माैलायाे, स्वास्थ्यमा पनि त्यस्तै चरम लापरबाही ,भ्रष्टाचार र दलालीकरण अनि स्वास्थ्य र शिक्षा पूर्णरूपमा निजीकरण गराउदै गयो र सर्वसाधारण जनताको पहूँजबाट टाँडा बनायो । देशकाे सिमा स्तम्भहरु रातारात हराउँछ र सिमा मिचिन्छ।स्वाभिमान र स्वतन्त्रतामाथि रास्ट्रिया र अन्तर्राष्ट्रिय दलालहरुकाे ठाडो हस्तछेप हुदैछ । रास्ट्रिया महत्त्वका सम्पदाहरु, नदि नाला एवम् अन्य प्राकृतिक स्रोत साधनमाथि बाह्य शक्तिको नियन्त्रण र प्रभुत्व छ।देशका नेतृत्व गर्ने गिद्धाहरु रास्ट्रलाई उदाङ्गाे बनाएर लुटकाे स्वर्गमा रमाउन व्यस्त र तल्लीन देखिन्छ ।कथित पार्टीका कार्यकर्ता बन्नेहरु त्यस्तै भ्रस्टाचारी, रास्ट्रघाती र बिदेशी दलालहरुकाे चाकरी गर्न र गुणगान गर्न नै ठिक्क छन्।न्यायलय, अड्डा अदालत पैसामा किनबेच हुन्छ , अपराधीहरु ,भ्रष्टाचारीहरु ठुलाठुला नेता र सरकारकै सुरक्षामा खुल्लेयाम हिडिरहेका छन्।संविधान र कानुनहरु गरिब र निमुखाहरुलाई दबाउने र शाेषण गरी शासन गर्ने साधनकाे रुपमा लिन सकिन्छ ।दैनिक उपभाेग्य वस्तुहरुकाे चर्काे मुल्य वृद्धि र सबै क्षेत्रमा स-सानाे कुराका कर अातंकले सर्वसाधारणहरु बिहाना बेलुका छाक टार्न समेत कठिन भईरहेकाे छ।
रास्ट्रकाे सुरक्षा खटिनु पर्ने सबै सेना ,सशस्त्र र पुलिस नेताहरुका पछि लगाएका छन् ,भने यता देशको सिमा ह्वाङगा, बलात्कारीहरु , तस्करीहरु खुल्लेयाम हिड्छन्,हत्या हिंसा र बलात्कार बढ्दो छ।शान्ति , सुरक्षा र सुशासन नाम र नारा मात्रै सिमित भईरयाे।
बिकास र समृद्धिकाे नाममा अरबाै अर्ब भ्रष्टाचार मात्र भयाे। जनताकाे करबाट जम्मा भएको रास्ट्रकाे ढुकुटी रित्याउने काम बाहेक अरु केही हुन सकेन ।लाेकतन्त्र र संगीयताकाे नाममा कथित पार्टीका कार्यकर्ता र नातावाद माैलाउने काम भयाे । राज्य काेषकाे ५०% भन्दा बढी अहिले कथित संगीयताका नाम भर्ती भएका बुख्याजाहरु पाल्न खर्च भईरहेकाे छ। बार्षिक व्यापार घाटा , बार्षिक बजेट भन्दा धेरै छ, उद्योग र कलकारखाना खुल्नुकाे साटो बन्द हुने क्रम जारी छ। नेपालकाे व्यापार ९७% अायत र ३% निर्यातमा चलिरहेको छ।
हाे यही अन्धकार र वैमानीले चारैतिर घेरीरहेकाे बेला,हिंसा र बलात्कारले दिदीबहिनी दिनदिनै मरिरहेकाे बेला,नेताहरु टाउको दुख्द समेत युरोप र अमेरिकमा उपचार गर्दै गर्दा यता जनताहरु सिटामाेल र जीवनजल नपाएर मरिरहेकाे अवस्था छ, न्याय माग्दामाग्दै निर्मला पन्तका बुबा जस्ता धेरै नेपालीहरु पागल हुनु पर्ने संगीय लाेकतान्त्रिक गणतन्त्र देशकाे नागरिक म विना अपराध सजाय भाेक्दै छु हिरासतमा छु अाफैले अाफैलाई समेत सहनुभुति दिन सक्दिनँ ।
हाे म अन्धकारकाे जुनकीरी हूँ,सुन्दर बिहानीकाे पर्खाइमा छु,शिशिरकाे ठन्डीमा कठ्याङग्रीएर हराभरा बसन्तकाे पर्खाइमा छु,च्यात्तिएको मेरो अामा , दिदिबहिनीकाे चाेली सिलाएर तिम्रो अस्तित्व रक्षा गर्ने काेसिस गर्नेछु ,मिचियाे मेराे सिमा फिर्ता गर्नु छ, हराएका जङगे पिलर खाेज्नु छ। बेचिएका न्यायलय फेरि फिर्ता गर्नु छ अनि न्याय दिलाउनु छ ती पीडितहरुलाई ,निहुुरिएका मेरो मातृभूमिकाे स्वाभिमान र वीर पुर्खाकाे शीर एक चाेटी ठाडो बनाउनु छ। हाे म गाैन छु, ती फाेहाेरी गिद्धाहरुकाे बिचमा छु दमन र अात्यचारकाे भट्टिमा पिल्छिएको छु बिना कुनै कसुर म हिरासतमा छु तर बाेलिरहेकाे छु काेईली जस्तै मध्यरातमा पनि सत्यकाे पक्षमा।
कहिलेकाही म माैन हुन्छु स्तब्ध हुन्छु किनकि मलाई मेराे देशकाे सिमाले गाली गर्छन् ,वीर पुर्खाले धिकारछन्,बलत्कृत भएका दिदीबहिनीले सरापछन्, अन्यायमा परेका पीडितहरुले न्याय माग्दै प्रतीक्षा गरिरहेका छन्।
अब अान्ययले सिमा नाग्याे, म भित्र मात्रै अाक्राेस र क्राेध बाँकी छ,सबैबाटाेहरु बन्द छन्,म प्रतिबन्धित छु, मेरा अावाजहरु प्रतिबन्धित छन् । तर म हारेकाे छैन ।एकदिन म बिस्फोट हुनेछु तिम्रा लुट्काे स्वर्ग नस्ट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • रवि रिहा भएपछि उनलाई काँधमा बोकेर घर लान्छौं, सत्यको जीत हुन्छ – नायक रमेश उप्रेती
  • अरुलाई औंला ठड्याउने मान्छे आफू शुद्ध हुनु पर्दैन ? – किशोर श्रेष्ठ
  • रवी लामिछानेले कारागारबाटै भने, ‘म प्रहरी प्रशासनबाटै असुरक्षित छु’
  • ‘मैले के त्यो भिडियोलाई माटो मुनि दबाउनु पर्थ्यो कि लुकाउन पर्थ्यो ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी