ताजा समाचार

संसदीय समितिमा भक्कानिएर रोए योगेश र माधव (भिडियो)



काठमाडौँ। नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा भक्कानिएर रोएका छन् । आइतवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मन्त्री भट्टराईको स्वागतका लागि एक कार्यक्रम राखेको थियो ।

उक्त कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए । २०४३ सालमा नेता नेपालले आफूलाई बचाएको प्रसंग उल्लेख गर्दै भट्टराई भक्कानिएका हुन् ।

भट्टराईले भने, ‘२०४३ सालमा पंचायत निर्वाचनलाई उपयोग गर्ने नीति पार्टीले लिएपछि म त्यही अनुसार दिनरात नभनी खटिएँ । त्यसपछि एक्कासी बिरामी भएँछु । टिचिङ अस्पतालका डाक्टरहरूले मेरो बाँच्ने आशा नरहेको बताइसकेका थिए । त्यतिबेलै उहाँ (माधवकुमार नेपाल) मलाई भेट्न आउनुभयो । उहाँको एक स्पर्शले मलाई बाँच्ने शक्ति प्राप्त भएको थियो ।’

भट्टराईले यसो भनिरहँदा नेता नेपाल पनि सुँक्क सुँक्क गरिरहेका थिए । भट्टराईले पटक-पटक माधवकुमार नेपाल आफ्नो अविभावक भएको दोहोर्याइरहे । बैठकमा नेता नेपालले भट्टराईलाई आफूले सधैं माया गरिरहेको भन्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • बिप्लपले गरे चितवन बन्दको घोषणा !
  • सत्तारुढ दलले भनेजस्तै लोकतान्त्रिक गणतन्त्रमाथि खतरा भएकै हो ?
  • पार्टी एकता नगरेको भए ठिक हुन्थ्योजस्तो लाग्न थाल्यो : अध्यक्ष प्रचण्ड
  • जाम हुने काठमाडौँका मुख्य–मुख्य ठाउँमा ‘ओभरहेड ब्रिज’ बनाउँछु : मन्त्री महासेठ
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी