ताजा समाचार

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै



प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार सिङ्गापुर जाने भएका छन्।

प्रधानमन्त्री ओली शनिबार राति सिङ्गापुर जान लागेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।

प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी हस्पिटलमा उपचार गराउनेछन्। प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्ड गएका थिए।

प्रधानमन्त्रीसँग उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डाक्टर दिब्यसिंह शाह पनि सिंगापुर जाने कार्यक्रम छ। प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण सकेर एक सातापछि स्वदेश फर्कंने उनले बताए।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • पहिले लोडसेडिङको चिन्ता, अब बिजुली धेरै हुने पिरलो !
  • पार्टी एकता नगरेको भए ठिक हुन्थ्योजस्तो लाग्न थाल्यो : अध्यक्ष प्रचण्ड
  • रवि लामिछानेलाई ५ दिन जेलमा थुनामा राख्न अदालतले दियो आदेस (भिडियो)
  • मर्नुअघि यस्तो मेसेज पठाएका थिए शालिकरामले, रवीकी शुभचिन्तकले सार्वजनिक गरिन् ‘स्क्रिनसट’
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी