ताजा समाचार

२ वर्षीय बालक विमानस्थलको लगेज बेल्टमा पसेपछि देखियो यस्तो दृश्य (भिडियो)



एजेन्सी। अमेरिकामा एक जना बालक विमानस्थलको लगेज बेल्टमा पसेको भिडियो यतिबेला बाहिर आएको छ। उक्त भिडियोमा देखिए अनुसार २ वर्षका बालक सामान जाँच गर्ने लगेज बेल्टबाट भित्र पसेका छन् ।

अमेरिकाको एट्लान्टा विमानस्थलमा एउटी महिला आफ्नो सानो छोरा लिएर गएकी थिइन्। आमा बोर्डिङ पास बनाउन लाग्दा ती बालक विमानस्थलको लगेज पठाउने ठाउँतिर पुगे। तर उनको आमाले त्यो कुरा थाहा पाइनन् । पास बनाइसकेपछि उनले छोरा खोजिन् तर त्यतिबेलासम्म उनको छोरा बेल्टबाट भित्र पसिसकेका थिए ।

ति बालक छिरेको स्थानमा त्यतिबेला अरु कर्मचारी थिएनन् । अन्तिममा उनी लगेज खस्ने स्थानबाट झरे । उनलाई तत्काल सुरक्षाका लागि खटिएका कर्मचारीले बाहिर निकाले । ती बालकको एउटा हात भाँचिएको बताइएको छ। । घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • भाईरल भएकी कमला घिमिरे नानी पहिलो पटक इन्द्रेणीमा । भनिन्- जस्तो गायकसँग पनि दोहोरी खे*ल्न त*यार छु (भिडियो हेर्नुस)
  • धमलाको गोडाको पानि खाएको फोटो भाइरल भएपछि एलिजा बोलिन्
  • शिल्पा पोखरेललाई तत्काल नपक्रन सर्वोच्चको आदेश
  • बरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी