ताजा समाचार

कलंकीमा गोली चल्यो, २ राईफल सहित १ जना पक्राउ



काठमाडौं । राजधानीमा फेरि अर्को गो’ली काण्ड भएको छ। काठमाडौं कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गो’ली प्र’हार भएको हो। उक्त घटनामा शंकास्पक एक व्यक्तिलाई प्रहरीले दुई वटा हति’यारसहित पक्राउ गरेको जानकारी दिएको छ।

उच्च स्रोतका अनुसार छिमेकी शोभाकर ढकाललाई सिकार खेल्न प्रयोग हुने दुई वटा राइ’फलसहित आज पक्राउ गरिएको छ। ढकालको घरमा तलासी लिँदा प्रहरीले २२ र १२ बोर राईफल बरामद गरेको बताइएको छ। प्रहरी स्रोतका अनुसार दुवै राईफल इजाजतप्राप्त नै हुन्। सोमबार राति शर्माको घरको तेस्रो तलाको झ्याललाई २२ राइ’फलको दुई एमएम गो’लीले छेडेको थियो। २२ र १२ दुवै राइ’फल सिकार गर्दा प्रयोग हुँदै आएका छन्।

उक्त राइ’फलबाट झ्याल छेडेपछि शर्माले प्रहरीलाई खबर गरेका थिए। गोलीले झ्याल छेड्दा शर्माकी छोरी पढिरहेको बताइएको छ। २२ बोर हति’यार र कोठामा भेटिएको गोलीको खोका परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाउन लागिएको छ। घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • पहिले लोडसेडिङको चिन्ता, अब बिजुली धेरै हुने पिरलो !
  • प्रहरीसंग भएको शालिकरामको भिडियो यसरी पो सार्बजनिक भएको रहेछ !
  • रविको रि*हाको लागि रमेश प्रसाईको टिम चितवनमा, चितवन आउन समर्थकलाई आग्रह !
  • पुडासैनी प्रकरण: अस्मिता कार्कीले खोलीन नयाँ रहस्य, दिपक र ज्वालालाई लाग्यो गम्भीर आ’रोप
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी