ताजा समाचार

विश्वकप छनोटको अन्तिम खेलमा नेपाली क्रिकेट टिमले लगाइसकेको मेडल खोसियो



काठमाडाै‌ । आईसीसी टि–२० विश्वकप छनोटको अन्तिम खेलमा सिंगापुरसँग पराजित भएर पीडा बोकेको नेपाली टोली आयोजकको गल्तीका कारण थप लज्जित हुनपरेको छ । नेपाललाई जित्नै पर्ने दबाब रहेको आजको खेलमा नेपाल ८२ रनले सिंगापुरसँग पराजित भएको थियो ।

यसैबीच प्रतियोगिता सकिएपछि समापन समारोहमा सिंगापुर क्रिकेट एसोसियसनले नेपाललाई उपविजेता भनेर लगाइदिएको पदक फिर्ता गरेपछि नेपाली टिम थप लज्जित हुनपरेको हो । समान अंक ४ – ४ भएपछि रन रेटका आधारमा कतारले साे उपाधी आफ्नो टिमले पाउनपर्ने दाबी गरेपछि आयोजकले आफ्नो भनाई सँच्याएर पूनः कतारलाईनै उपविजेता घोषणा गर्यो ।

अन्तमा नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले नेपाली खेलाडीहरुबाट लगाइसकेको मेडल बटुलेर आयोजकलाई दिएका थिए । आयोजकले सो मेडल कतार क्रिकेट संघका पदाधिकारीलाई हस्तान्तरण गरेका छन् ।

टस जितेर व्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई १९२ रनको लक्ष्य दिएको थियो। १९२ रनको लक्ष्य पाएको नेपालले १५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • एसीसी यु–१९: नेपालद्वारा बंगलादेशसामु २ सय ६२ रनको लक्ष्य प्रस्तुत
  • एकदिवसीय क्रिकेट वरियतामा नेपाल घटुवा
  • स्पेनमा मेस्सीमाथि आक्रमण (भिडियो सहित)
  • न्युजिल्याण्डलाई हराउदै इंग्ल्याण्डले पहिलो पटक जित्यो क्रिकेट विश्वकपको उपाधि
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी