ताजा समाचार

जिउँदै महिलालाई अन्तिम संस्कारका लागि आर्यघाट लगेका श्रीमानले खुलाए यस्तो रहस्य



पाल्पा। अस्पतालवाट सिधै पाल्पाको रिडि घाटमा अन्तिमसंस्कारका लागी लगिएकी महिलाको अहिले फेरी अस्पताल सुरु गरिएको छ । झाडापखाला लागेर अस्पताल लगिएको महिलालाई मुटुको पनि समस्या देखिएपछि उनलाई आफन्तको आग्रहमा अस्पतालवाट बाहिर निकालिएको थियो।

अक्सिजन लगाएर अस्पतालवाट बाहिर निकालिएकी महिलालाई अक्सिजनको पाइप शरिरवाट निकालेपछि मृत्यु भएको ठानेर घाट लगिएको थियो । तर घाटमा उनलाई अन्तिम संस्कारको तयारी गरिरहँदा उनले श्वास चलाएको थाहा पाएपछि उनलाई फेरी अस्पताल ल्याइएको छ । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ । उनका श्रीमान सुर्यचन्द्र ज्ञवालीले श्रीमतीको उपचार भइरहेको बताए ।

अहिले पनि श्रीमतीको उपचार सुरु भएपनि उनको आर्थिक अवस्था कमजोर भएका कारण समस्या भएको ज्ञवालीले बताए । उनले सबैसंग सहयोगको लागि आह्वान गरेका छन् । श्रीमानले आफु घाटमा जान नसकेका कारण घाटमा भएको घटनावारे थाहा नपाएको थाहा पाएनन् । गाउँमै बलवान महिला भनेर गनिएकी महिला एकैपटक बिरामी भएपछि उनका श्रीमान चिन्तामा पुगेका थिए ।

अहिले भने उनलाई आर्थिक समस्याले पिरोलेको छ । अस्पतालबाट दाहसंस्कारका लागि रिडी घाटमा पुर्याइएकी नर्मदा ज्ञवालीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृगौलाको डायलाशिस सुरू गरिएको छ । रैनादेवी छहरा गाउँपालिका—१, सिद्धेश्वर असारे निवासी ३६ वर्षकी ज्ञवालीलाई सोमबार अन्तिम संस्कार गर्न भनेर रिडी घाटमा पुर्याइएको थियो । तर घाटमा अर्धजल दिने बेलामा उनी जिउँदो रहेको पत्ता लागेपछि तत्कालै रिडी प्राथमिक उपचार केन्द्रमा लगिएको थियो। के भन्छन् उनका श्रीमान ? भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • रवि लामिछाने बिनै ‘सिधाकुरा जनतासँग’ कार्यक्रम प्रशारण
  • लामो साधनापछि सफलताको स्वाद लिएकी टीका
  • मलाई सपना देखाएर लु’ट्यो, बिहे गर्छु भन्दै ग’र्भवती बनाएर भाग्यो
  • गगन थापा र श्रीमती डाक्टर अन्जना केसी मिडियामा, आफ्नो प्रेमकथा यसरी सुनाए (भिडियो)
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी