ताजा समाचार

होटेलमा भाँडा माँझ्दै बुबाको उपचार गर्दै गरेका दिदिभाई भन्छन: ‘पढाइ त पछि पनि गरौला तर बुबा फेरी पाइनन’



ऋषिराम खड्का
काठमण्डौं, हिरा बुढामगर र उनका भाई अशोक बुढामगरको सपना थियो धेरै पढ्ने र ठुलो मान्छे बन्ने । हिरा त जिल्लास्तरको भलिवल खेलाडी पनि हुन् । तेक्वान्डोमा खुबै रुचि राख्ने हिरालाई खेलाडी बनेर नेपालको झण्डा बोकेर खेल्न मन थियो । समय सधैँ एकनास बग्दैन । भनिन्छ दशा बाजा बजाएर आउँदैन । माघको आधा आधितिर हो सायद त्यो अप्रिय खबर सुन्नुपर्यो हिरा छाङ्गा बाट खसेजस्तै भईन । सपनालाई बिचमै गाँठो पार्दै बुवाको हेरचाहमा लागिन । कलेज पढ्ने सपना रहर मात्र भयो । तेक्वान्डो खेलाडी बन्ने सपना पनि सपनामै थाती रह्यो उनलाई हरबखत हौसला दिने र फी तिरीदिने बुबा दल बहादुर क्यान्सर जस्तो प्राणघातक रोगबाट एकासी थालिए ।

बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाका दल बहादुर बुढा बोल्न सक्दैनन स्वास फेर्नलाई घाँटीकाटेर पाईप राखिएको छ । पैसा भए डाक्टरले बचाउन सकिन्छ भन्छ तर दल बहादुरको पाखोबारी २-३ लाखको होला ऋणले ८ लाख नाघीसक्यो । ‘राम्ररी काम गरे ३-४ महिना मुस्किलले खाना पुग्छ, बुबाले मजदुरी गरेर जेनतेन घरखर्च र अढाई खर्च टार्नु हुन्थ्यो तर आज बुबा आज कि भोलि जस्तै हुनुभएको छ’ गहभरी आँशु पार्दै हिराले नयाँबाटो सँग भनिन । ९ कक्षा पढ्नुपर्ने भाईले पनि पढाई भन्दा बुबा ठुलो भन्दै दिदिसंगै काठमाण्डौंस्थित एक होटेलमा भाँडा माँझ्छन । महिनामा ५-६ हजार कमाउछन र बुबाको उपचार गर्छन । हिराले रुँदै भनिन ‘बुबालाई किमो चढाएर निको बनाउन मन छ, तर हामिसँग पैसा छैन ७-८ लाख ऋण पुगीसक्यो साहुले पत्याउन छोडे, बुबाले घरमा लैजाउ मलाई मर्नदेउ भन्नुहुन्छ ।’

ति अबोध हिरा र अशोकको बुबाप्रतिको कर्मनिष्ठालाई सलाम ! ‘पढाइ त पछि पनि गरौला तर बुबा फेरी पाइनन’हिराको यो शब्द कति कारुणिक छ । केहि शिप नचलेपछि बुबाको उपचारको लागि ज्यानको भिक माग्दै छन होटेलमा काम गरिरहेका ति कलिला दिदिभाई । जीन्दगी आज हो कि भोलि मरी लानु के छ र ? बाँञ्चुञ्जेललाई हो धन दौलत तेरो मेरो ! नेपालीहरु मनकारी छन सरकारले नसकेका कामहरु जनस्थरबाट भएका छन । जस्तै ‘रुपाकृष्ण’ उनीहरुको समस्यालाई पनि पहिलोपटक मैले नै मिडिया ल्याएको थिएँ । त्यस्तै मगी खड्का, जमुना गहतराज र अहिले पछिल्लो समय धर्म बहादुर ओली सबैका समस्या आ-आफ्नै थिए । यसपाली बाग्लुङको यो गरिब परीवारको दर्दनाक अवस्था हजुरहरु समक्ष ल्याएको छु । सक्नुहुन्छ भने देश तथा विदेशमा जहाँरहेपनि एकदिन खाजा नास्ता नखाएर भएपनि उहाँलाई सहयोग गर्नुहोला । सहयोग तथा थप जानकारीको लागि पिडित दल बहादुर बुढाको मोबाइल नम्बर ९८२१३४८१३५ अथवा ९८६२७०४९२८ मा सिधैं सम्पर्क गर्नसक्नु हुन्छ । बाँकी भिडियोमा हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • रवि लामिछाने बिनै ‘सिधाकुरा जनतासँग’ कार्यक्रम प्रशारण
  • लामो साधनापछि सफलताको स्वाद लिएकी टीका
  • मलाई सपना देखाएर लु’ट्यो, बिहे गर्छु भन्दै ग’र्भवती बनाएर भाग्यो
  • जिउँदै महिलालाई अन्तिम संस्कारका लागि आर्यघाट लगेका श्रीमानले खुलाए यस्तो रहस्य
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी