ताजा समाचार

नेपालले ५ जना श्रीलंकाली नागरिकलाई नेपालबाट देश निकाला गर्दै



काठमाडौं । अबैध रुपमा नेपालमा बसोबास गरिरहेका पाँच जना श्रीलंकाली नागरिकलाई सरकारले निष्कासन गर्ने भएको छ। पर्यटक भिषामा आएर र भिषा अवधि सकिएपछि अटेर गरी नेपालमा बसेका श्रीलंकनलाई सरकारले फिर्ता पठाउने भएको हो।

गत असार २९ को मन्त्री परिषद्को बैठकले गरेको निर्णय विहीवार सार्वजनिक भएको हो। पाँचजनाले तिर्नुपर्ने २ लाख ५० हजार जरिवाना र भिसा शुल्क बापतको ३७ हजार ३ सय ८० अमेरिकी डलर मिहान गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो।

पाँचै जनासँग नेपाल आएको आधिकारिक कागजपत्र र भिषा अवधि भएको प्रमाण नभएपछि निष्कासनको प्रकृयाअघि बढाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताउनुभयो। ‘उनीहरुले तिर्नुपर्ने जरिवाना र ‘ओभरस्टे’ शुल्क मिनाह गर्दै स्वदेश फर्काउने तयारी गरिएको हो’–उहाँले भन्नुभयो।

यसैगरी मन्त्रिपरिषद्ले नेपाल र जर्मनीवीच द्वीपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी आशय पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृती दिएको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • ४० वर्षमा जागिर खाने कर्मचारीले अब पेन्सन नपाउने
  • मध्यपुर थिमिमा रातभर जाग्दैछन् देवी देवता
  • परीक्षा अनियमितता गरेको आरोप लागेपछि त्रिवि सेवाका परीक्षले गरे आत्महत्या
  • लुम्बिनी मेडिकल कलेजबाट हराएका शिशुका बुवालाई रोजगार, परिवारलाई निःशुल्क उपचार
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी