ताजा समाचार

बैंकको ऋण तिर्न नसकेर हैरान हुनुहुन्छ ? राष्ट्र बैंकले ल्यायो यस्तो सुबिधा



काठमाडौं, ३१ असार । तपाई बैंकको ऋण समयमै तिर्न नसकेर हैरान हुनुहुन्छ रु चिन्ता नलिनुस राष्ट्र बैंकले तपाइको चिन्ता तत्कालको लागि हाल गरिदिएको छ ।

चालू आर्थिक वर्षको आज ९असार ३१० अन्तिम दिन हो । बैंकहरुले ऋणको सावा ब्याज भुक्तानीका लागि तपाइलाई अहिलेनै कडाइ गर्ने छैनन् । कारण राष्ट्र बैंकले यसको समय थपिदिएको छ । सामानयतया बैंकहरुले आर्थिक बर्ष सकिने वित्तिकै ऋणीलाई बारम्बार फोन गरेर समयमै साँवा व्याज भुक्तानीका लागि दबाब दिने गरेका छन् ।

साउन १५ गतेसम्म यस्तो अण भुक्तान गर्नुपर्ने व्यवस्था छ । तर अब राष्ट्र बैंकले १५ दिनको समय थप गरिदिएर साउनभरीको समय उपलब्ध गराएको छ । यसले ऋणीलाई राहत मिल्नेछ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई परिपत्र जारी गर्दै साउन भर तिरेको साँवा ब्याजलाई बैंक तथा वित्तिय संस्थाले अघिल्लो वर्षको नाफामा गणना गर्न पाउने व्यवस्था गरेको छ । हाल आएको बाढी पहिरोका कारण केन्द्रिय बैंकले यस्तो राहत दिने व्यवस्था गरेको हो ।

हेर्नुस सूचना :

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • गाउँपालिकाले भातमै खर्च गर्यो ८० लाख, जनप्रतिनिधि मौन
  • आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ?
  • आजबाट सबैले तलब लिन आफ्नो प्यान नम्बर अनिवार्य, यसरी लिनुहोस् प्यान (तरिकासहित)
  • साउन १ देखि ट्राफिक प्रहरीले जरिवानाबापतको पैसा नबुझ्ने
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी