ताजा समाचार

मेलम्चीका हाकिमको आफ्नै पानी उद्योग, अझै वर्षौं आउँदैन मेलम्ची



काठमाण्डौं, ३० असार- सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५ ।

तर खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रुपमा ठेकेदार भगाए । आयोजनाले ठेकेदारलाई दिनैपर्ने भुक्तानी नदिएर भगाइएको थियो ।

ठेकेदारले काम छाडेको सात महिनासम्म कुनै काम सुरु भएको छैन । अझै मेलम्ची कति वर्षपछि आउँछ त्यो निश्चित छैन । मेलम्चीमा पानी उपत्यकामा नआए पनि ट्याकंर र जारबाट पानी आफूर्ति गर्दै आएका व्यापारीलाई भने दीर्घ लाभ प्राप्त हुँदै आएको छ ।

आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल आफैँ बोलत, जार र ट्याकंरबाट विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पानी आपूर्ति गर्ने उद्योग चलाएर बसेका छन् । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • ४० वर्षमा जागिर खाने कर्मचारीले अब पेन्सन नपाउने
  • मध्यपुर थिमिमा रातभर जाग्दैछन् देवी देवता
  • परीक्षा अनियमितता गरेको आरोप लागेपछि त्रिवि सेवाका परीक्षले गरे आत्महत्या
  • नेपालले ५ जना श्रीलंकाली नागरिकलाई नेपालबाट देश निकाला गर्दै
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी