ताजा समाचार

सिंगापुरविरुद्ध नेपालको विस्फोटक ब्याटिङ



मलेसिया : मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन २०१९ प्रतियोगितामा नेपालले सिंगपुरलाई ३२७ रनको विजय लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा जारी खेलमा नेपाली युवा टोलीले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । युवा टोलीले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।

नेपालका लागि उच्च स्कोर बनाउने क्रममा ओपनर रित गौतमले शतकीय पारी खेले। १३७ बलमा १० चौका र एक छक्का प्रहार गरेका गौतम ११५ बन बनाई नट आउट रहे । अर्का ओपनर पवन सर्राफ ४५ रन बनाएर आउट भएपनि रित अन्तिमसम्म क्रिजमा टिकेर खेले । खडक बोहराले ९० बलमा ९० रन बनाए । विशाल विक्रम केसी १ र कप्तान रोहित कुमार पौडेल ७ रनमा आउट भएपछि क्रिजमा आएका कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए । जम्मा २३ बलमा ५१ रन बनाएका कुशलले ४ चौका र ५ छक्का प्रहार गरे ।

सिंगापुरका लागि प्रनब सुदर्शन राजेश कृष्ननले र विनित चित्तेश मेहताले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • एसीसी यु–१९: नेपालद्वारा बंगलादेशसामु २ सय ६२ रनको लक्ष्य प्रस्तुत
  • एकदिवसीय क्रिकेट वरियतामा नेपाल घटुवा
  • स्पेनमा मेस्सीमाथि आक्रमण (भिडियो सहित)
  • विश्वकप छनोटको अन्तिम खेलमा नेपाली क्रिकेट टिमले लगाइसकेको मेडल खोसियो
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी