ताजा समाचार

परीक्षणको लागि लगाइएका स्याउ चार महीनामै लटरम्म



बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँ पालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षण स्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ।विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ। गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए।

सो स्थानमा फुजी, गाला र गोल्डेन जातका स्याउ फल्न थालेको हो।लगाइएको तीन जातमध्ये गोल्डेन र गाला जातको स्याउ फलेको जेटिए कट्टेलको भनाइ थियो। प्रतिबोट झण्डै एक हजार १०० पर्ने सो स्याउ एग्रो मनाङसँग समन्वय गरी इटालीबाट ल्याइएको गाउँ पालिकाले जनाएको छ। गाउँपालिकाले यो परीक्षण सफल भएपछि आगामी दिनमा थप विस्तार गर्ने तयारीमा रहेको उनको भनाइ छ।

गाउँपालिकाले हाल स्याउ, दाँते ओखर, आँप, अनार, जैतुन, लिचीलगायत सुख्खा ठाउँमा हुने फलफूललाई प्राथमिकता दिई उक्त गाउँ पालिकाको देउरा क्षेत्रमा रोपिएको जानकारी दिएको छ । कर्णाली करिडोरको बाटो खुलेसँगै गाउँ पालिकाले फलफूल खेतीलाई जोड दिँदै माटो परीक्षण गरी ठाउँ अनुसार फलफूल खेतीलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए।

यस अघि जिल्लाको गौमुल गाउँपालिकामा समेत सोही प्रजातिको स्याउ फलेको थियो।उक्त गाउँ पालिकाका कृषि शाखा प्रमुख रमेश विकका अनुसार स्याउ लगाएको चार महीनामै फले पछि आगामी दिनमा समेत सोही प्रजातिका स्याउ लगाउनेतर्फ किसान जागरुप भएको विकको भनाइ छ।रासस

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • गाउँपालिकाले भातमै खर्च गर्यो ८० लाख, जनप्रतिनिधि मौन
  • आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ?
  • आजबाट सबैले तलब लिन आफ्नो प्यान नम्बर अनिवार्य, यसरी लिनुहोस् प्यान (तरिकासहित)
  • साउन १ देखि ट्राफिक प्रहरीले जरिवानाबापतको पैसा नबुझ्ने
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी